🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कुटपिटबाट मृत्यु भएको आरोपमा एक पक्राउ

बनेपा, कात्तिक १० (रासस) :  घरायसी झगडाका बेला कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–९ का ४८ वर्षीय डल्ले सार्की रहेको छ । सार्कीले स्थानीयवासी ३७ वर्षीय पूर्णबहादुर विसङ्खेलाई यही कात्तिक ४ गते घरायसी झगडामा कुटपिट गरेको र सोही कारणबाट उनको मृत्यु भएको किटानी जाहेरी दिएपछि सार्कीलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए  । 

पूर्ण विसङ्खे बिहीबार दिउँसो ३ बजेतिर काठमाडौँ जाने क्रममा भक्तपुरको सल्लाघारीमा बेहोस अवस्थामा प्रहरीले फेला पारी भक्तपुर अस्पतालमा लगिएको र त्यसपछि थप उपचारका लागि वीर अस्पताल पठाएको थियो ।

सिटी स्क्यान गर्दा टाउकोमा रगत जमेको र तत्काल शल्यक्रिया गर्नुपर्ने जनाएपछि उपचार नगरी आफन्तले घरमा ल्याएकोमा उनको हिजो बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । 

“घटनाको अवस्थाबारे बुझ्दै जाँदा कुटपिटबाट मृत्यु भएको भनी राज विसङ्खेले किटानी जाहेरी दिएपछि आवश्यक अनुसन्धानका लागि सार्कीलाई नियन्त्रणमा लिएका हौँ”, प्रहरी नायब उपरीक्षक गिरीले बताए  । 
–––