🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हत्याको अभियोगमा थुनामा रहेका दुई अभियुक्त फरार

विराटनगर, ९ कात्तिक (रासस) : हत्याको अभियोगमा थुनामा रहेका दुई कैदी हिरासतबाट आज बिहान फरार भएका छन् ।

इलाका प्रहरी कार्यालय रानीको हिरासतमा रहेका थुनुवा विराटनगर–१७ का मोहमद आरिफ हुसेन र सदिम हुसेन आज बिहान १ बजेदेखि ४ बजेको अवधिमा फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिए  । 

निजहरुले आफ्नै टोलका १० कक्षामा अध्ययनरत १७ वर्षीय विद्यार्थी मोहम्मद अस्ताक हुसेनको अपहरण गरी हत्या गरेकोमा अनुसन्धानका क्रममा पक्राउ गरी थुनामा राखिएको थियो । थुनुवा हिरासतमा रहेको झ्यालको छ वटा रड काटेर अभियुक्त फरार भएका हुन् । 

फरार अभियुक्त पक्राउका लागि खोजी कार्य भइरहेको र विभिन्न स्थानमा आकस्मिक जाँच गरिरहेको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय रानीमा २४ प्रहरी रहेकोमा पालोपालै छ/छ जनाले आफ्नो कार्य गर्ने सूचना अधिकारी थापाले जानकारी दिए  । 
इलाका प्रहरी कार्यालय रानीबाट भारतीय सीमावर्ती क्षेत्र करीब ५०० मिटर दक्षिणमा रहेको छ ।