🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सशस्त्र प्रहरीद्वारा ५७ लाख तस्करीकाे लत्ताकपडा बरामद

 धनगढी । सशस्त्र प्रहरी बल, नेपालले कैलाली जिल्लाको धनगढी उप–महानगरपालिका ४ स्थित उत्तरवेहडी ईलाकाबाट चैत्र २३ गते करिब ५७ लाख १८ हजार ५ सय रुपैयाँ बराबरको अबैध लत्ताकपडा बरामद गरेको छ ।

नम्बर ३४ गण हेक्वा कैलालीबाट खटिएको सुरक्षा फौजले विशेष सूचनाको आधारमा जस्तापाताबाट बनेको एक गोदामभित्र २३ वटा बोरामा प्याक गरी अबैध रुपमा लुकाई छिपाई राखेको अवस्थामा  कुर्ति सेट, टप्स, सारी र सुट पिस लगायतका  कपडा बरामद गरेको हो ।

बरामद लत्ताकपडा कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाईएको  जानकारी सशस्त्र प्रहरीले दिएकाे छ ।