🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

फरार अभियुक्त १४ वर्षपछि पक्राउ

मेलम्ची, ८ कात्तिक  :सवारी ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले आज १४ वर्षपछि पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा जुगल गाउँपालिका–२ का ४९ वर्षीय माइला भन्ने रामशरण अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

जिल्ला अदालत रुपन्देहीले २०६१ साल जेठ २७ गते सवारी ज्यान मुद्दाका अपराधमा अधिकारीलाई एक वर्ष ११ महिना ३ दिन कैद फैसला गरेको थियो । त्यहीबेला देखि उनी फरार थिए । 

अधिकारीलाई आजै जिल्ला अदालत सिन्धुपाल्चोकमा बुझाएर कैद असुल उपर गर्न जिल्ला कारागारमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बिमलराज कणेलले जानकारी दिए ।  रासस
–––