🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भ्रष्टाचार मुद्दामा फरार खड्का कारागार चलान

काठमाडौँ, ८ कात्तिक (रासस) : नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले भ्रष्टाचार मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ । 

ब्युरोको टोलीले पुनरावेदन अदालतको विसं २०५७ कात्तिक २१ को फैसलाअनुसार भ्रष्टाचार मुद्दामा फरार रहेका ललितपुरका ४९ वर्षीय रामकुमार खड्कालाई आज पक्राउ गरी डिल्लीबजार कारागार चलान गरेको हो । 

ब्युरोका प्रहरी नायब उपरीक्षक नीरञ्जनदत्त भट्टले खड्काले रामकुमार अग्रवालको नाममा नक्कली आयातप्रति (एलसी) पत्र बनाएर बैंकलाई हानिनोक्सानी पु¥याएकाले अदालतको फैसलाअनुसार खड्कालाई पक्राउ गरिएको जानकारी दिए  । 

अदालतले खड्कालाई रु एक करोड २३ लाख ५३ हजार ८८० जरिवाना र एक वर्ष कैद हुने फैसला गरेपछि खड्का फरार रहेका थिए । 
–––