रौतहट जिल्लाको परोहा नगरपलिका–९ खाँप ईलाकाबाट चैत २० गते सशस्त्र प्रहरी बलले ७ लाख ५५ हजार ५ सय ७० रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरेको छ ।
भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याई सीमा ईलाका नजिकै लुकाई छिपाई राखेको अवस्थामा बिभिन्न किसिमका लत्ताकपडा, औषधि, सुर्तीजन्य पदार्थ र चप्पलहरु सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटले बरामद गरेको जानकारी दिएकाे छ ।
सशस्त्र प्रहरी बल नेपालका अनुसार, बरामद सामान गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको छ ।




