🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

धर्मको पालना

सिकन्दर र दुश्मन सेनाबीच घमसान युद्ध भइरहेको थियो । युद्धमा अनगिन्ती सेनाको मृत्यु भएको थियो । युद्धक्षेत्रमा सिकन्दरका दुश्मन सेनाको एक सिपाही मरणासन्न स्थितिमा पानीको लागि तड्पिरहेको थियो । सिकन्दरले त्यो हाल देखेर उनी स्वयं दुश्मन सेनाको सिपाहीलाई पानी पिलाउन पुगे । उसको ज्यान बच्यो । सिकन्दरका सेनानायकलाई यो कुरा चित्त बुझेन, राम्रो पनि लागेन । उनी सिकन्दरलाई भन्न थाले– तपाईंले त्यसको गर्धन काटेर आफ्नो धर्म निभाउनुपर्ने थियो, तर तपाईंले त पानी खुवाएर जीवनदान दिनुभयो । युद्धको मैदानमा दुश्मनको नाश गर्नु नै सैनिकको कर्तव्य हो । सेनानायकको कुरा सुनेर किसन्दरले जवाफ दिए–‘मरिरहेको मान्छेलाई पानी खुवाउनु हरमानिसको धर्म हो र धर्म पालनामा मित्र या शत्रुबीच भेदभाव हुनुहुँदैन । पानी खुवाएर मैले मानवधर्मको निर्वाह गरेको छु । याद गर, हामी सैनिकभन्दा पहिला मानिस हौं । सिकन्दरको कुरा सुनेर सेनानायक लज्जित भए ।