काठमाडौं । सरकारले महालेखा परीक्षकमा तोयम रायालाई नियुक्त गर्दैछ ।
महालेखा परीक्षकसहित संवैधानिक पदहरूमा नियुक्तिबारे छलफल गर्न अहिले संवैधानिक परिषद्को बैठक बसिरहेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले रायालाई महालेखा परीक्षक नियुक्तिका लागि प्रस्ताव गरेका छन् ।
परिषद्को बैठकले रायालाई महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ । लेखा पृष्ठभूमिका राया हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतको राष्ट्रिय तथ्यांक कार्यालयका सचिव हुन् ।
सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षमा हुँदादेखि नै महालेखापरीक्षकमा अडान लिँदै आएका थिए ।



