🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

यी हुन् मन्त्रिपरिषदका पछिल्ला निर्णयहरू

काठमाडौं । मन्त्रिपरिषद बैठकले सरकारको आर्थिक वर्ष २०७९।८०को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्ने भन्ने निर्णय गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ को लागि प्रदेश स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँड  ढाँचा र हिस्सा बमोजिम अनुमानित राजस्व सात प्रदेशका लागि रु ७७ अर्ब ८५ करोड, स्थानीय तहको लागि ७७ अर्ब ८५ करोड र बित्तीय समानिकरण अनुदानको परिमाण ७ प्रदेशको लागि ६० अर्ब र स्थानीय तहको लागि ८८ अर्ब स्वीकृति गर्ने निर्णय समेत भएको छ ।

 चालु आर्थिक वर्ष ०८०।८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते बाली धानको प्रति क्वीटल दुई हजार ७ सय ७ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोक्ने साथै १८ प्रतिशत भन्दा बढी चिस्यान भएको चैते धानको हकमा प्रति क्वीटल १२ सय ग्रामको दरले हुन आउने तौल घटाइ कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने भन्ने निर्णय भएको छ ।

पर्यटन बोर्डको कार्यकारी रिक्त तीन सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्र बहादुर लामा र राम प्रसाद सापकोटालाई मनोनयन गर्ने निर्णय भएको छ ।

नेपाल प्रसाशन सेवा समीकरणतर्फको राजपत्राङकित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा हरि प्रसाद लम्साललाई बढुवा गर्ने भन्ने निर्णय भएको छ ।

  विकास आयोजनाको लागि प्रयोग हुने राष्ट्रिय वनको क्षेत्रफल र कटान हुने रुख सङख्यामा फरक नपर्ने गरी राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिने सम्बन्धी सर्त परिमार्जन गर्न स्वीकृति दिने निर्णय एको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।