🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु

सुर्खेत, १४ चैत । दैलेखको छामघाट खोलामा डुबेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा भैरवी गाउँपालिका–३, सालपानीका १९ वर्षीय ज्ञानु तिरुवा रहेका छन् ।

दैलेख प्रहरीका अनुसार बुधबार दिउँसो खोलामा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो ।  

प्रहरी सहायक निरीक्षक मोहन रावलको कमाण्डमा ४ जना र थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक कृष्ण डाँगीको कमाण्डमा ५ जनाको टोली खटी मृतकको शवलाई पानीबाट बाहिर निकालिएको थियो ।

अहिले उक्त शव पोष्ट मार्टमको लागि दुल्लु अस्पताल लगिएको प्रहरीले जनाएको छ।