🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

१८ वर्ष पुगेका व्यक्तिलाई छुट्टै कारागारमा राख्ने तयारी

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले प्रभावकारी रुपमा समस्या समाधानको लागि बाल सुधार गृहको स्थलगत भ्रमण फलदाही रहेको बताएका छन् ।

विहीबार कानून, न्याय तथा मानव अधिकार समितिमा भएको बैठकमा उनले सुधार गृहमा समस्याहरु देखापरेको सन्दर्भमा यसको स्थलगत भ्रमण आवश्यक रहेको बताएका हुन् ।  

उनले भने, ‘सुधार गृहभित्रका समस्याहरुलाई अध्यन गर्ने, बुझ्ने र समस्या समाधानको लागि सार्थक रुपमा पहल गर्नको लागि बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी एवम् थुनुवाहरूको मानव अधिकारको अवस्थाको स्थलगत अध्ययन भ्रमण फलदाही बन्छ भन्ने विश्वास छ ।’

यस्तै, उक्त बैठकमा मन्त्रालयको सचिव उदयराज सापकोटाले पनि १८ वर्ष पुगेका मानिसलाई छुट्टै कारागारमा राख्ने व्यवस्था कानुनमा नभएको भन्दै त्यसको लागि कानून नै संशोधन गर्नुपर्ने बताए ।

कारागारमा केही घटनाहरु घटेपछि अप्ठ्यारो परेको भन्दै यसको लागि छलफल भएर एउटा ड्राफ्ट पनि तयार भईसकेको उनको भनाई छ ।

उनले भने, ‘१८ वर्ष माथिका लागू औषध र बलात्कारको घटनामा संलग्न भएको हुनाले सुधार गृहमा त्रासको अवस्था पनि बनेको छ र कारागारमा केही घटनाहरु घटेपछि अप्ठ्यारो परेको छ । त्यसको लागि १८ वर्ष पुगेका मानिसलाई छुट्टै अर्को कारागारमा राख्ने कुरामा छलफल भएर एउटा ड्राफ्ट तयार भईसकेको छ ।

कानूनमा यसको लागि व्यवस्था नभएको हुनाले कानून नै संशोधन गर्ने कुरा छ र बाल क्षेत्र न्याय समन्वय समिति सञ्चालकले पनि यसको लागि सिफारिस गरिसकेको छ । त्यो सकेसम्म चाडै नै प्रस्तुत गर्ने तयारीमा छौ । त्यो महिला मन्त्रालयका भएको हुनाले कानूनमा आउने वितिकै पठाउने तयारी गरेका छौ ।’

बैठकमा नेपालको बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी एवम् थुनुवाहरूको मानव अधिकारको अवस्थाको स्थलगत अध्ययन भ्रमण सम्बन्धमा छलफल भएको थियो ।