🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सिंहदरबारभित्र डीडीसीको सहुलियत बिक्री केन्द्र स्थापना

काठमाडौँ, ८ चैत । दुग्ध विकास संस्थान ९डिडिसी० ले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सहुलियत बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । डीडीसीले स्थापना गरेको उक्त सहुलियत केन्द्रको आज मुख्यसचिव डा वैकुण्ठ अर्यालले शुभारम्भ गर्नुहुँदै डीडीसीको बिक्री केन्द्र बढ्दै जाँदा उपभोक्तालाई सहजता आउने उल्लेख गर्नुभयो ।

उहाँले दुग्धजन्य वस्तुको बिक्रीवितरण कमी भइरहेको समयमा सिंहदरबारभित्र स्थापना गरिएको बिक्री केन्द्रले बिक्रीवितरणमा थप सहयोग हुने बताउनुभयो । “डीडीसीले सिंहदरबारभित्र बिक्री केन्द्र खोलेरभन्दा पनि मुलुकभर बिक्री विस्तार गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा रेवतीरमण पौडेलले पछिल्लो समय डीडीसीले दुग्धजन्य पदार्थ बिक्रीवितरणबाट नाफा कमाएको बताउनुभयो । “पछिल्लो समय दुग्धजन्य पदार्थमा आएको कमीलाई सिंहदरबार बिक्री केन्द्रले राहत पुग्ने विश्वास मन्त्रालयले लिएको छ”, उहाँले भन्नुभयो । 

बिक्री केन्द्र स्थापना भएसँगै दुग्धजन्य पदार्थको बिक्रीवितरण बढ्ने लक्ष्यका साथ सिंहदरबारभित्र डीडीसीले बिक्री केन्द्र स्थापना गरेको डिडिसीका सूचना अधिकारी एवं निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबाभित्र हाल दुई हजार पाँच सयभन्दा बढी कर्मचारी कार्यरत रहेको बताइएको छ । 
–––