🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रतिनिधिसभाको बैठक आज पनि, गृहमन्त्री लामिछानेको राजीनामा प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज २०८० चैत ६ गते पनि बस्दैछ । आज  विहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् मा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले चैत ६ गते मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको बताए ।

संसद् मा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विभिन्न विषयहरू उठाउँदै प्रधानमन्त्रीको जवाफ माग गर्दै आएको छ । सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाइएको भन्दै कांग्रेसले विरोध गर्दै आएकाे छ ।

शून्य समयमा बोल्ने कांग्रेस सांसदहरूले त गृहमन्त्री लामिछानको राजीनामा नै माग्दै आएका छन् ।