🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

श्रम क्षेत्रका समस्या सम्बोधन गर्न श्रममन्त्रीले बनाए कार्यदल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न कार्यदल गठन गरेका छन् । 

मन्त्रालयको जिम्मेवारी आएलगत्तै उनले मन्त्रालयसँग सम्बन्धित समस्याहरूबारे अध्ययन गर्न र सुझावका लागि सिफारिस गर्न मन्त्रालयका प्रवक्तासमेत रहेका श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखाका प्रमुख, सहसचिव गोविन्दप्रसाद रिजालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेका हुन् । 

कार्यदलमा मन्त्रालयका उपसचिव मेघनाथ रिमाल र मन्त्रालयकै शाखा अधिकृत प्रकाश पन्थी सदस्य रहेका छन् । समितिले अध्ययन गरेर प्रतिवेदन पेस गरेपछि ती निणर्य तथा विवादको समीक्षा गरेर निणर्य कार्यान्वयन गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री अर्यालले बताए । तत्कालीन गठबन्धन सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी आइसकेपछि वैदेशिक रोजगारी व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा विवाद देखिएको छ ।

पूर्व प्रस्थान अभिमुखीकरण तालिमको शुल्क, वैदेशिक रोजगारीमा जाने दक्ष श्रमिकका लागि अङ्ग्रेजी भाषा आवश्यक हुने सम्बन्धी विषय, दक्षिण कोरियामा ईपीएस प्रणालीबाट कामदार पठाइरहेको अवस्थाका बिच ई-सेभन भिसामासमेत कामदार पठाउने लगायतका विषयमा विवाद देखिएपछि २१ दिनभित्र राय सुझावसहितको प्रतिवेदन पेस गर्ने गरी मन्त्रालयले समिति गठन गरेको हो ।