🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मेचीनगरको भगवती लेमिनेट्स उद्योगमा आगलागी

झापा । मेचीनगरको भगवती लेमिनेट्स उद्योगमा आज विहान आगलागी भएकोे छ । विहान ५ बजेदेखि सुरु भएकोआगलागी अझै पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन ।

आगलागी हुँदा उद्योगमा थुपारेर राखिएको कचेडा पत्ता र काठका मुढाहरु जलेका छन् । मेचीनगर–१५ का वडाध्यक्ष राजन भट्टराईका अनुसार सोमबार विहान ५ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

उद्योगमा विद्युत सर्किट सर्ट भएर आगलागी भएको हुन सक्ने इलाका प्रहरी कार्यालय धुलाबारीका  इन्स्पेटर रोहित शर्माले बताए । अहिले उत्तर र पूर्वतिर आगो नियन्त्रण भएको छ भने उद्योगको पश्चिमतिर अझै पूर्ण रुपमा आगो नियन्त्रण लिन नसकिएको प्रहरीको भनाइ छ । आगो पूर्ण रुपमा नियन्त्रणमा आउन आज दिनभरि लाग्न सक्ने अनुमान शर्माको छ ।

शर्माका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको छ । झापाका ७ वटा स्थानीय तहका बारुण यन्त्रले आगो निभाउने प्रयास गरिरहेका छन्  । उनका अनुसार अब मोरङदेखि थप दमकल मगाइएको छ ।

यो समाचार तयार पार्दै गर्दा भारतबाट समेत दमकल बोलाइएको छ । भारतको नक्सलबारीबाट दमकल घटनास्थलतर्फ आउँदै गरेको मेचीनगर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विजय डालमियाले जानकारी दिएका छन् ।