🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

झापा गोल्डकप : एपीएफलाई ११ हजार जरिवाना

बिर्तामोड । झापा गोल्ड कप आयोजक कमिटीले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई कारवाही गरेको छ ।

सोमबारको खेलमा एपीएफले खेल अनुशासन उल्लङघन गरेको भन्दै गोल्डकप आयोजकले कारवाही गरेको हो । सेमिफाइनलमा प्रवेश गरेको एपीएफले सोमबार भएको खेलमा जर्सीसम्बन्धी नियम उल्लङघन गरेको थियो । 

खेलाडीको नम्बर नभएका जर्सी भएका कारण सेतो टेप टाँसेर नम्बर बनाइएको थियो । टेप पनि बीचमा उक्किदाँ केही समय खेल अवरुद्ध भएको थियो । एपीएफको त्यस गतिविधिको दर्शकबाट चर्काे आलोचना भएको थियो ।  

मंगलबार बसेको प्राविधिक कमिटी र गोल्डकप आयोजक समितिको बैठकले एपीएफले गोल्डकप आयोजनाको नियम १० बमोजिम खेलाडीको जर्सीको रङग सम्बन्धी नियम उल्लङघन गरेको ठहर गरेको छ । 

एपीएफमाथि गरेको कारवाहीको जानकारी अखिल नेपाल फुटबल संघलाई दिइएको छ । एपीएफलाई प्रतियोगिताको नियमावलीको दफा २३ (ख) बमोजिम कारवाही गरिएको हो । 
एपीएफले आगामी दिनमा त्यस्तो गल्ती दोहोरिन नदिने लिखित प्रतिबद्धता आयोजक समक्ष गर्नुपर्ने निर्देशन दिईएको छ । 

त्यसैगरी ११ हजार रुपैया जरिवाना गर्ने निर्णय भएको अध्यक्ष बिनोद बस्नेतले जनाएका छन् ।