🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

उपकुलपति नियुक्तिसँगै माओवादीमा भूकम्प  

काठमाडौं । २०८० फागुन १० गते सरकारले त्रिभुवन विश्वविद्यालयको २०औं उपकुलपतिमा डा. केशरजंग बराललाई नियुक्त गरेको छ । उपकुलपति छनोट समितिले ७८ अंक दिएर पहिलो नम्बरमा रहेका प्रा. डा. चित्र बहादुर बुढाथोकीलाइ नियुक्ति नगरी ७६ अंक प्राप्त गरेको र दोश्रो नम्बरमा रहेका बराललाई नियुक्त गरेको छ । यही कारण सत्ताको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रका नेताहरुमा भने असन्तुष्टि चुलिएको खबर छ । बुढाथोकी र बराल दुवैजना माओवादी केन्द्रको कोटाबाट उपकुलपतिको प्रतिस्पर्धामा रहेका थिए ।

तर, बुढाथोकीलाई उपकुलपतिमा नियुक्ति नगरेकोमा नेताहरु जनार्दन शर्मा, बर्षमान पुनलगायतका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको कमदप्रति असन्तुष्टि जाहेर गरेको स्रोतले जानकारी दिएको छ । पार्टीभित्रसमेत बुढाथोकीलाई नै उपकुलपति नियुक्त गर्नेगरी आन्तरिक रुपमा सहमति भएको थियो । तर, अन्तिम अवस्थामा भने डा.बरालले बाजी मार्न सफल भए । बुढाथोकी हत्तपत्त कसैको निर्देशन नटिर्ने र घमण्डी भएको तर्क दिएर अन्तिम अवस्थामा प्रधानमन्त्री प्रचण्डले पार्टीभित्रका नेताहरुको कुरै नसुनि बराललाई नियुक्ति गरेका छन् । त्यसपछि रोल्पा, रुकुमलगायत जिल्लाका वरिष्ठ नेताहरु प्रधानमन्त्री पचण्डको कार्यशैलीप्रति सशंकित भएको स्रोतले बताएको छ ।

आदिवासी जनजाति समुदायको मतलाई आकर्षित गर्न र माओवादी केन्द्रले मात्र यी समुदायको एजेन्डा उठाउछ भन्ने सन्देश दिन प्रधानमन्त्री प्रचण्डले पहिलो नम्बरका बुढाथोकीलाई रोकेर बराललाई नियुक्ति दिएकोमा पार्टीभित्रै असन्तुष्टि चुलिएको बताइन्छ । बुढाथोकीलाई अन्यत्र कुनै निकायमा नियुक्ति गर्ने आश्वासन दिएर थामथुम पारिएको चर्चा बाहिर आएको छ । उपकुलपति छनोटको तेस्रो नम्बरमा डा.टंकनाथ धमला रहेका थिए । बराल २०६४ देखि २०६८ सम्म पोखरा विश्वविद्यालयका उपकुलपति रहेर काम गरेका थिए । 

उनी शैक्षिक योग्यताका हिसावले उपकुलपति हुन योग्य नै हुन् । तर, कार्यक्षमता, दक्षता र अनुभवका हिसावले भने त्यति उपयुक्त व्यक्ति होइनन् भन्ने कुरा उनको पोखरा विश्वविद्यालयको उपकुलपति हुँदाको चार वर्षे कार्यकालमा गरेका कामले स्पष्ट गरिसकेको बताइन्छ । उनले त्यसबेला भाडाको घरमा रहेको कार्यालयलाई पोखरा विश्वविद्यालयको आफ्नै जग्गा र भवनमा सार्न मात्र सफल भएका थिए । त्यसबाहेक देखिने गरी अरु कुनै काम गर्न नसकेको आरोप लाग्ने गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विश्वविद्यालयलाई सुधार गर्न राजनीतिक भागबन्डा नगरी योग्यता, क्षमता र अनुभवका आधारमा उपकुलपति नियुक्ति गर्ने उद्घोष गर्दै आएका थिए । भागबन्डाको परम्परा तोड्ने, क्षमतावानलाई अवसर दिने, निष्पक्ष रुपमा पहिलो नम्वरमा छनोटमा परेकालाई नियुक्ति नगरी दुई अंक कम ल्याएका बराललाई नियुक्ति गरेर पुरानै परम्परालाई निरन्तरता दिएको आरोप लागेको छ । जसले गर्दा योग्य, कार्यक्षमता, दक्षता, सक्षम र अनुभवीलाई नियतबस पछि पारिएको प्रष्ट भएको छ । (साँघु साप्ताहिक, २०८० फागुन १४)