🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राससको ६३ औँ वार्षिकोत्सव : जनताका आवाज मुखरित गराउन सभामुख घिमिरेको आग्रह

काठमाडौँ, ७ फागुन :  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कानुन निर्माण, संसदीय गतिविधि र जनताको आवाज मुखरित गराउन राससले प्रभावकारी उपस्थिति देखाउने विश्वास व्यक्त गर्नुभएको छ ।

राससको ६३ औँ वार्षिकोत्सवको शुभकामना दिँदै उहाँले राससले पछिल्ला केही वर्षदेखि मल्टिमिडियालाई आत्मसात् गर्दै प्रविधिमैत्री समाचार एजेन्सीका रुपमा विकास गरेकोे कारण विद्युतीय सञ्चार संस्था र अनलाइन समाचार माध्यमका लागि रासस पहिलो रोजाइको एजेन्सी बन्न सफल भएको उल्लेख गर्नुभएको छ ।

आगामी दिनमा आफ्ना उत्पादनलाई प्रतिस्पर्धी बनाउँदै अग्रणी समाचार एजेन्सीका रुपमा उभ्याउन उहाँले शुभकामना दिनुभएको छ ।

     
सभामुख घिमिरेले जनताको सर्वाेच्च सार्वभौम संस्था सङ्घीय संसद्को समाचार सम्प्रेषणमा राससले दिएको योगदानको उच्च कदर गर्न गर्दै संसदीय अभ्यास सुरु भएपछि नै राससले संसदीय रिपोर्टिङमा समेत अब्बल सावित गरेको स्मरण गर्नुभएको छ ।