🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मेयर निलम्बित भए पछि फतुवा विजयपुरको सातौं नगरसभा उपमेयरले गराइन्

रौतहट ४ फागुन । लामो रस्साकसी पछी रौतहटको फतुवा विजयपुर सातौं नगरसभा सम्पन्न भएको छ । ४८ करोड भन्दा बढीको बजेट पारीत गर्दै बिहीवार फतुवा बिजयपुर नगरपालिकाको सातौं नगरसभा सम्पन्न भएको हो । कार्यवाहक मेयर अम्बेया खातुनको अध्यक्षतामा फतुवा विजयपुरको सातौं नगरसभा नगरपालिकाको सभाकक्षमा बिहीवार सम्पन्न भएको छ ।

सातौं नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले नगरसभामा चालु आर्थिक वर्ष २०८०/ ८१ का लागि कुल ४८ करोड पाँचलाख ८८ हजार दुई सय रूपैयाको बजेट सर्वजनिक गरेका थिए ।

नेपाल सरकारको संघीय बजेटबाट समानीकरण अनुदान, सशर्त अनुदान,पूँजिगत अनुदान, गरि जम्मा ३२ करोड ४१ लाख १२ हजार विनियोजन गरिएको  छ । संघीय राजस्व बाँडफाँडबाट नौ करोड ८२ लाख १४ हजार २ सय, मालपोत दस्तुर बाट ३० लाख,  जग्गा रजिष्ट्रेशन बाँडफाँड बाट एक करोड २० लाख, प्रदेश सरकारबाट प्राप्त हुने सवारी साधन कर बाट २५ लाख र  समानीकरण अनुदान रु ८० लाख ६२ हजार, समपुरक अनुदान २० लाख,  विशेष अनुदान ३० लाख, सशर्त पूँजिगत ८० लाख, आन्तरिक श्रोत बाट एक करोड ५० लाख र सडक बोर्ड बाट प्राप्त हुने अनुदान ४७ लाख रहेको उपसचिव प्रधानले बाचन गरेका थिए ।

अधिकृत प्रधान नगर सभाले शिक्षा , स्वास्थ्य, भौतिकपूर्वधार , कृषि र खानेपानी लगायतका क्षेत्रलाई विशेष प्रथमिकता दिएको बताएका थिए ।

सम्पन्न नगरसभामा ११ वटै वडाका अध्यक्ष सहित कार्यपालिकाको बहुमत सदस्यको उपस्तिति रहेको थियो । निलम्बित मेयर गोपाल प्रसाद यादव भने अनुपस्थित रहेका थिए। लालबकैया नदीको टेन्डरमा अख्तियार द्वारा दोषी ठहर भएर बिशेष अदालतले १५ लाख जरिवाना र ३ बर्ष कैदको फैसला सुनाएको थियो । फैसलासँगै पछि मेयर यादवको पद धरापमा परेपछि उपमेयर खातुन कार्यवाहक मेयर बनेकी थिइन् । 

कार्यवाहकको जिम्मेवारी पाएपछि खातुन र कांग्रेस पार्टी बाट निर्वाचित ७ जना वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु सँग सहमती नहुँदा ७ महिना ढिलो नगरसभा भएको हो ।गत असार १० गतेभित्र हुनुपर्ने नगरसभा समयमा हुन नसक्दा त्यहाँ कार्यरत ३५० भन्दा बढी शिक्षक कर्मचारी गत साउन देखि तलब पाउन सकेका छैनन् ।

नेपाली कांग्रेस पार्टीको टीकट बाट, मेयर, उपमेयर,७ जना वडा अध्यक्ष सहित नगरपालिकामा पूर्ण बहुमत हुँदा पनि पार्टी भित्रै आन्तरिक खिचलोको कारण उनीहरू बीच सहमति हुनसकेको थिएन । वडा अध्यक्ष राजेश यादवसहितले कार्यवाहक मेयर खातुन माथि एकोहोरो गर्नखोजेको आरोप लगाएका थिए। उता कार्यवाहक मेयर खातुनले कांग्रेस पार्टीको ठूलो नेताको इशारामा आफूलाई असफल बनाउन पटक-पटक षड्यन्त्र भइरहेको बताउँदै आएकी छन् ।

प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानको पहल बाट गत कार्तिकमा सामाजिक सुरक्षाभत्ता बितरण गरिएको थियो । फतुवा बिजयपुर नेपाली कांग्रेस रौतहटका जिल्ला सभापति एवं प्रदेश सांसद सुनिल कुमार यादव (जितेन्द्र) को गृह नगर पनि हो ।