🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

१६ लाखको अवैध सामानसहित दुई जना भारतीय  पक्राउ

बुटवल, १९ असोज (रासस) : भन्सार छलेर नेपाल भित्र्याउँदै गरेका अवैध सामानसहित प्रहरीले आज दुई भारतीयलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारत झजर जिल्ला अग्रवाल कलोनी–७ का ३१ वर्षीय गौरव गोयल र २८ वर्षीय अंकित गोयल रहेका छन् । राजश्व भन्सार सुरक्षा गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक सुरज रिजालको नेतृत्वमा खटिएको टोलीले रुपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियामा चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको स्काभेटरको पार्टस र त्यसको ढुवानीका लागि प्रयोग गरेको डिएल ११ सिए ८८४१ नंको भारतीय महेन्द्र केयुभी गाडीसहित दुबै जनालाई पक्राउ गरिएको हो । 

पक्राउ गरिएको समानको भन्सार मूल्य रु १६ लाख दुई हजार रहेको भैरहवा भन्सार कार्यालयले जनाएको छ । 

पछिल्लो एक महिनामा भन्सार छलेर नेपाल भित्रियाइएका करीब रु ३० लाखभन्दा बढी मूल्य बराबरका विभिन्न सामग्री बरामद गरेको राजश्व भन्सार सुरक्षा गुल्म रुपन्देहीका प्रमुख, सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्द खातीले जानकारी दिए । 

भन्सार छलेर नेपाल भित्रिएका अवैध कुखुरा, कुखुराका चल्ला र मासुसमेत सीमा क्षेत्रमा सशस्त्र प्रहरीले पछिल्लो एक महिनामा करीब रु ६ लाख ७५ हजारभन्दा बढीको बरामद गरी नष्ट गरेको उनले जानकारी दिए ।

उनले सीमा क्षेत्रमा भन्सार छलेर लत्ताकपडा, किराना सामान तथा गाडीको टायर मोटरपार्टस, मरिच, मरमसला, चिनीलगायत अत्यधिक मात्रामा नेपाल भित्रिएका समान बरामद हुने गरेको जानकारी पनि उनले दिए ।