🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘मेरो प्रहरी मन कहिल्यै निवृत्त हुने छैन’

न्याय प्रप्तिका लागि गरिएको ७ महिना लामो कानूनी लडाइको आज (२०७४ भाद्र २७ गते) अन्त भएको छ । मेरो लडाइ स्थिर र निष्पक्ष प्रहरी प्रशासनको अवधारणाका लागि थियो । असल शासन ब्यबस्थाको लागि थियो । यो लडाई प्रहरी संगठन उपर हुने राजनैतिक हस्तक्षेप र स्वेच्छाचारितालाई दुरुत्साहन गर्नका लागि थियो । अन्याय माथि न्यायको विजयका लागि थियो । यो व्यवसायिक हक हितका लागि लडिएको न्यायको लडाई थियो । यसलाइ विसुद्ध व्यावसायिक र न्यायिक हकको क्षेत्रमा मात्र सीमित गरिनुपर्नेमा यसलाई विषयान्तर गर्ने कोसिसहरू भए र म मूकदर्शकको रुममा पीडा वोध गरिरहें । एउटा सिपाहीका लागि सत्तामा बस्नेले दिएको कानून वमोजिमको आदशको पालना गर्नुको विकल्प हुदैन ।

 त्यो उसको धर्म पनि हो । त्यो आदेश दिने जो सुकै होस् उसको कानूनको अख्तियारी मात्र महत्वको हुन्छ । ऊ कुन दलको हो भन्ने थप खोजविन गर्नु आवश्यक हुदैन । 
नेपालको राजनीतिक परिदृष्यमा लगभग सबैले आलोपालो गरेकै हुन । प्र्रहरीले सत्तामा रहेकाको कानून बमोजिमको आदेश पालना गर्दछ । प्रहरीले कुन राजनीतिक दल भनि नगरे र नहेरे जस्तै आज्ञापालन गर्ने प्रहरीसंग कुन दलसंगको निकटत छ वा छैन भनि हेर्न वा त्यस्तो आधारमा व्यावसायिक उन्नति र अवसर गर्न दिने वा नदिने भन्ने कुराको आधार तयार गर्नु पनि मनासिव हुंदैन । एउटा सिपाहीका लागि राजनीतिको सर्वोकृष्ट अभिव्यक्ति भनेको कानून नै हो । 

 राजनीतिक प्रक्रियावाट वनेको कानून वमोजिम काम हुन्छ भने राजनीतिक निर्णयको पालना भनेको त्यही नै हो । सो देखि वाहेक व्यक्ति पिच्छेको अकांक्षा स्वार्थ वा दम्भको सिकार प्रहरीलाई बनाउन सकिदैन÷हुँदैन । प्रहरीमाथि राजनीति गर्ने अथवा राजनीतिक आधारमा प्रहरी परिचालन गर्ने दृष्टिकोण रहिरहेसम्म कानूनी राज्य स्थापित हुन सक्दैन । कानूनलाई नै बायाँ हातको खेल बनाउनेहरूबाट प्रजातन्त्र सुरक्षित हुन सक्दैन । प्रहरीको स्वाभिमान गुमाउने षडयन्त्रहरू सफल भैरह्यो भने समाज सुरक्षित र मर्यादित रहन सकदैन । प्रहरी संगठन वा प्रहरी अनुसासन माथि वलात् कुनै दुस्प्रयास हुन्छ भने प्रजातन्त्रको अस्मिता प्रथम दृष्टिमा लुटिएको हुन्छ । 

राजनीतिक दल  र निर्वाचन जस्ता प्रक्रियाहरू मात्र प्रजातन्त्र टिकाउने आधारहरू हँुदैनन, कानून र कानूनका पहरेदार प्रहरी संगठन जस्ता राज्यका अंगहरू पनि प्रजातन्त्रका आधारभूत सर्तहरू हुन्छन् । त्यसैले प्रहरी संगठनलाई जसरी चलाए पनि हुन्छ भन्ने सोच जुन अहिले हुर्किदै गएको छ, त्यो नै हाम्रो प्रजातन्त्रका लागि कलंक होला भन्ने गम्भीर चिन्ता लागेको छ । प्रहरी संगठनको विरुद्ध विभिन्न किसिमवाट हस्तक्षेप हुने र त्यसैको एउटा रुप मेरो सम्बन्धमा घटित भएको छ । जतिसुकै ठूलामान्छे वा शक्तिशाली वा लोकप्रिय किन नहुन प्रहरीको सम्बन्धमा कानूनसंगत व्यवसायिक र संयमित रहनु पर्ने हुन्छ । 

 यस्ता मूल्यमान्यताहरू स्थापना गर्ने कोसिस गर्दागर्दैै स्वयम् म र मेरो प्रयास यसको सिकार हुन पुगेको महसुस भएको छ । म यो क्षणमा पनि फेरि यस्तो दुस्साहस कहिल्यै नहोस् मेरो नियति फेरि कहिल्यै कसैले भोग्न नपरोस् र प्रहरी संगठनको स्वाभिमान पहाड जस्तो सुदृढ रहोस् भन्ने कामना व्यक्त गर्दछु ।

मैले मेरो जीवनको लामो उर्जावान समय मुलुकको एक सच्चा सिपाहीको हैसियतमा यो सम्मानजनक सेवामा बिताएँ । यस दौरान मैले अन्यायमा परेकाहरूलाई न्याय दिलाउन र पीडामा परेकाहरूलाई मलहम लगाउने जिम्मेवारी निर्वाह गरें । प्रणालीको विकासमा समय खर्चें । कानूनको शासन लागू गर्न मिहिनेत गरें । अन्याय र अत्याचारको विरुद्धमा राज्यले गर्नुपर्ने जिम्मेवारीका उदाहरणहरू प्रस्तुत गर्ने प्रयास गरेें । मैले हरेक कठिन समयहरूमा स्वदेश र विदेशमा वसेर गरेका कामहरूले मानिसहरूको मन सिंचित गरेको छ र त्यो आत्मसन्तोष मलाई संधै प्राप्त छ । म नेपाल प्रहरीका अनुशासित, कर्मठ सदस्यहरूलगायत समस्त देशभक्त न्याय प्रेमीहरूलाई आग्रह गर्दछु कि नेपाल प्रहरी केवल राजनीतिक दाउपेचको विषय नबनोस् । 

प्रहरी संगठन राजनीतिक हस्तक्षेपबाट मुक्त हुन सकेमा मात्र त्यसले कानूनको पालना गराउनका साथै सामाजिक न्याय स्थापित गर्न सक्दछ । प्रहरी सगठनको साख पनि यसैसंग जोडिएको छ । हस्तक्षेप रहित ढंगले कार्य गर्न पाए मात्र कानूनी राज्य स्थापित हुन्छ र दीर्घकालीन क्षतिवाट जोगाउन सकिन्छ । म नेपाल प्रहरीका सम्पूर्ण अधिकृत तथा जवानहरूलाई किन्चित पनि विचलित नभै प्रहरीको व्यावसायिकताको सम्वद्र्धनमा लाग्न अनुरोध गर्दछु । प्रहरी हुनुका आधारभूत मान्यताहरूलाई जोगाएर राख्न सकिएन भने हाम्रो समाज सुरक्षित रहने छैन । झट्ट हेर्दा इतिहासको कुनै कालखण्डमा सत्यको पराजय भएको जस्तो देखियता पनि इतिहासले त्यसको मूल्याङ्कन गर्ने नै हुँदा म सबै साथीहरूलाई निरास नभई मुलुकप्रतिको जिम्मेवारीमा लागिरहन सल्लाह दिन चाहन्छु र यस घटनाको समुचित समीक्षा गर्ने जिम्मा इतिहासलाई नैं छोडिदिनु उचित ठान्छु ।

    भोलि म जुनसुकै भूमिकामा रहेपनि नेपाल प्रहरीको उन्नति र प्रगतिमा सदैव सहयोगी भूमिकामा रहने छु । यस उद्देश्यमा म प्रहरी नेतृत्वलाई समेत सहयोग गरिरहनेछु । इमान्दार, अनुशासित र कर्तब्यनिष्ठ भएर कार्य गर्दा पनि अन्यायमा परिने जोखिम हुँदोरहेछ भनेर नेपाल प्रहरीका सकलदर्जा हतोत्साहित नबनून् । एकजना कर्तब्यपरायण सिपाहीमाथि बदनियत राख्दा शासक वर्गहरूको पनि निद्हराम हुँदो रहेछ र उनीहरू जनताबाट दण्डित हुनुपर्दो रहेछ । 

 प्रजातान्त्रिक मूल्य मान्यता र कानूनको शासनको उपहास गरी शासन ब्यवस्था सञ्चालन गर्न लालायित अप्रजातान्त्रिक चरित्रहरू दण्डित हुनु भनेको पनि म जस्तो पीडित पुरस्कृत हुनु सरह नैं हो भन्ने अर्थमा वुझ्दा अझ सहज हुन्छ । यो लामो न्यायिक लडाईको दौरानमा हुन गएको समयको वर्वादी, साधन स्रोतको क्षति, न्यायालयमाथिको राजनैतिक आक्रमणबाट न्याय प्रेमीहरूमा पर्न गएको आघात दुःखद छन् । स्थापित मूल्य मान्यतामाथि धावा बोल्ने र कानूनको शासनमा विश्वास गर्न नसक्ने अप्रजातान्त्रिक चरित्रका शासकहरूको सिकार कोही पनि देशभक्त नेपालीले हुनु नपरोस् । 

 मेरो इश्वरसंग प्रार्थना छ, यस्तो नियति अरु कुनै पनि नेपालीले भोग्नु नपरोस् । नेपालका भावी पुस्ताले त झन यस्तो नियतिको कल्पना सम्म पनि गर्नु नपरोस् । न्याय प्राप्तिका खातिर यो कठिन र लामो लडाइको दौरानमा मलाई साथ दिनु हुने न्यायप्रेमी देशभित्र र वाहिरका सम्पूर्ण दाजुभाइ, दिदीवहिनीहरू, पत्रकार मित्रहरू, स्वय्मसेवकको रुपमा वहसपैरवी गरेर सहयोग गर्नुु हुुने कानून व्यवसायीहरू, राष्ट्रिय जीवनका विविध तप्काका महिला र सज्जनहरू र प्रहरी संगठन भित्रका सम्पूर्ण अधिकृत तथा जवान साथीहरूप्रति तपाईंहरूको सहयोग, सद्भाव र सहकार्यका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछु । मुलुकका लागि इमान्दारितापूर्वक काम गर्नुको गौरव जीवनको सवैभन्दा मूल्यवान पदवी भएको मेरो अनुभवले मलाई सिकाएको छ । 

 जसरी पनि पद हाँसिल गर्ने र आफ्नो स्वभिमानलाई गिराउन तयार हुने परिपाटीको अन्त गर्ने तर्फको मेरो लडाईले आउँदा दिनहरूका लागि एउटा बाटो कोरेको मैले महसुस गरेको छु । बाँकी आन्तरिक षडयन्त्रका अपत्यारिला कडीहरूको विवरण म इतिहासको जिम्मामा छोड्न चाहन्छु । मैले जीवनभर पहिला आफै कानूनको परिपालना गर्न र अरुलाई कानून परिपालना गराउनमा लगाएको छु । मेरो आत्मसम्मानलाई प्रहार गर्ने ढंगले कसैले मेरो कर्तव्यपरायणतामा प्रहार गर्दा आफ्नो आत्मालाई सोधोस् । मलाई हराउन वा निचा देखाउन हरतरहले लागेकाहरूले पनि जीतको अनुभूति गर्न सकेका त छैनन नै । 

अन्तमा, आज म अन्यायमा पर्दा पनि संयमित छु ।  फगत म प्रहरी संगठनको महानिरीक्षक हुन सकिनतापनि सम्पूर्ण देशवासी र समस्त प्रहरीहरूले देखाएको सद्भाव र मायाँले मलाई त्योभन्दा उच्च कोटीमा राखेको महसुस गरेको छु । म निवृत्त भएपनि मेरो प्रहरी मन कहिल्यै निवृत्त हुने छैन । जनताका सबै सुखदुखका प्रहरहरूमा म संधैसंगै रहने छु । नेपाली जनताको निसान्त जुन शुभेच्क्षा र सद्भाव यो सम्पूर्ण प्रक्रियामा जसरी निरन्तर प्राप्त गरिरहें त्यसका लागि नेपाली जनतालाई नमन गर्दै म आफ्नो कृतज्ञता व्यक्त गर्दछु । आउंदा दिनमा मुलुकको एउटा योग्य नागरिकका रुपमा सामाजिक उत्तरदायित्व वहन गर्दै निरन्तर क्रियाशील रहने छु । अन्यायमा पर्दा जीवन कति पीडादायक हुदोंरहेछ भन्ने अनुभूतिको आधारमा पनि म अन्यायमा परेका तमाम नागरिकहरूको एउटा सशक्त आवाज बन्ने कोसिस गर्र्नेछु । आजैका मितिदेखि कनेपाल प्रहरी सेवाबाट अलग भएको घोषणा गर्दछु । धन्यवाद ! जय नेपाल ।