🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एसीसी महिला प्रिमियर कपमा नेपाल ८ विकेटले विजयी 

काठमाडौं । मलेसियामा आजदेखि सुरु भएको एसीसी महिला प्रिमियर कपमा नेपालले हङकङ माथि ८ विकेटको जित निकालेको छ । 

शनिबार समूह चरणको पहिलो खेलमा नेपालले हङकङ माथि ८ विकेटको जित निकाल्दै नेपालले विजयी सुरुवात गरेको हो । 

 

हङकङले दिएको ९४ रनको लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । 

नेपालका लागि कप्तान इन्दु बर्माले ३३ बल खेल्दै ३ चौका र १ छक्का सहित सर्वाधिक ४० रनको योगदान गरिन । 

यस्तै ३८ बलको सामना गरेकी सिता राना मगरले १ चौका र १ छक्काको मद्दतमा ३६ रनमा अविजित रहिन् । 

दोस्रो विकेटका लागि इन्दु र सिता मिलेर ७६ रनको साझेदारी गरेका थिए । यो नेपालका लागि महिला अन्तराष्ट्रिय टि–२० मा तेस्रो सर्वाधिक साझेदारी पनि हो । 

रुबिना छेत्री भने शुन्यमा नटआउट रहिन् ।  १२ बलको सामना गरेकी ओपनर कविता कुँवरल ४ रन बनाएर आउट भइन । 

हङकङका लागि इक्रा सहर र कप्तान चान का यिंग क्यारीले समान एक–एक विकेट लिए । 

त्यसअघि टस हारेर मलेसियाको सेलाङ्गोर टर्फ क्लबमा पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ९३ जोडेको थियो । 

हङकङका लागि कप्तान चान का यिंग क्यारीले ३१ बल खेल्दै ३ चौका सहित सर्वाधिक २१ रन बनाइन् । यस्तै, मर्यम बिबीले १८ रन, यास्मिन दस्वानीले १५ रन ओपनर नताशा माइल्सले ११ रनको योगदान गरिन् । 

हङकङका अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

नेपालका लागि रुबिना क्षत्रीले र पुजा महतोले सर्वाधिक २–२ विकेट लिए । यस्तै सिता राना मगरले १ विकेट लिइन् ।

  
एसीसी महिला प्रिमियर कपमा १६ टोलीको सहभागिता रहेको छ । १६ टोलीलाई ४ समुहमा विभाजन गरिएको छ भने फाइनल पुग्ने दुई टोलीले एसीसी महिला एसिया कप खेल्ने छन् ।

 यस्तै सेमिफाइनल पुग्ने चार टोली इमर्जिङ एसिया कप खेल्ने छन् ।  नेपाल रहेको समूह डी मा हङकङ बाहेक माल्दिभ्स र भुटान रहेका छन् ।