🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

“जनताको वसन्त चाड गाला”द्वारा विश्वका दर्शकहरूसँग लुङ नयाँ वर्षको स्वागत

फेब्रुअरी ९ तारिख परम्परागत चिनियाँ पात्रो अनुसार नयाँ वर्षअघिको अन्तिम दिन अर्थात् छुसी हो। पैचिङ समयअनुसार राति आठ बजे चाइना मिडिया ग्रुपले रचना गर्ने वसन्त चाड गाला निर्धारित समयमा दर्शकसामु पुग्दैछ।

चालिस वर्षभन्दा लामो समययता वसन्त चाड साँगितिक गाला वसन्त चाड अवधिमा चिनियाँ अभाव हुन नसक्ने “साँस्कृतिक भोज” बनिसकेको छ। संयुक्त राष्ट्र संघले वसन्त चाडलाई संयुक्त राष्ट्र संघीय विदा निश्चित गरेपछि “वसन्त चाड गाला”मा विश्वव्यापी अर्थ थपिएको छ।

सन् १९८३ देखि चीनको राष्ट्रिय टेलिभिजन अर्थात् सीसीटीभीले हरेक छुसीको राति गालाको आयोजना गर्ने गर्दछ। यो गालालाई चिनियाँले “वसन्त चाड गाला” भन्छन्। सबै परिवारले सँगसँगै बसेर “वसन्त चाड गाला”को अवलोकन गर्नु च्याउ च बनाउनु जस्तै चिनियाँहरूको रीतिरिवाज बनेको छ।


सन् २०२४ को “वसन्त चाड”ले “जनताको वसन्त चाड”को सिद्धान्त पालना गरेको छ। चीनको विभिन्न क्षेत्रका सामान्य व्यक्तिहरू “वसन्त चाड”का नायक बनेका छन्।

चालु वर्षको “वसन्त चाड गाला” चीनका जनताको गाला हो। चाइना मिडिया ग्रुपले ल्याउ निङ प्रान्तको शनयाङ, हु नान प्रान्तको छाङशा, पल्लो शान सी प्रान्तको सीआन, सिन्च्याङ युगुर स्वायत्त प्रदेशको खाश गरी चार क्षेत्रमा वसन्त चाड गालाको शाखा मञ्चहरूको तयारी गरेको छ। ती चार शाखा मञ्चहरूले पनि पैचिङको मुख्य मञ्चसँग चीनको विभिन्न क्षेत्रको प्रशस्त रीतिरिवाज देखाउने “वसन्त चाड गाला” उपलब्ध गराउने छन्।

चालु वर्षको “वसन्त चाड गाला” पनि रमाइलो विश्वव्यापी गाला हो। फेब्रुअरी ९ तारिख राति विश्वका छ वटा महादेशका ४९ वटा मुलुक, ९० वटा शहरका ३००० वटा “विदेशी पर्दा”ले चाइना मिडिया ग्रुपका वसन्त चाडको प्रत्यक्ष प्रसारण गर्ने र जनाउने छन्।  

विश्वका दर्शकहरूले चीनको वसन्त चाड र चिनियाँ राष्ट्रको विशेष आकर्षण बाँड्ने र नयाँ वर्षको स्वागत गर्ने छन्।

CRI Nepali Serviceबाट