काठमाडौँ । प्रणय दिवस ‘भ्यालेन्टाइन डे’ बुधबारदेखि सुरु भएको एक सातासम्म जारी रहने यो दिवसको अवसरमा लाखौंकाे मात्रामा गुलाबको फूल प्रयोग हुने भएको हो ।
मायाको गोरेटोमा हिँड्दा ती विशेष दिनहरू, क्षणहरू वा घटनाहरू जसले हँसायो, सायद रुवाएको पनि हुनसक्छ, ती प्रत्येक हाँसो र रूवाइहरू जसले आफ्नो मायाको डोरीलाई कस्न प्रोत्साहन गर्यो ।
सम्बन्धमा आएका सानातिना कमि कमजोरीलाई सुधार्दै मायाका गीत गाउदै उकालि ओरालो भञ्ज्याङ् अनि चौतारी जहाँ भएपनि जस्ताे भएपनि मायाले बनाएका ति बाटाेहरुलाई साथमा लिएर हिड्याे त्यसलाई सम्झने दिन पनि 'भ्यालेन्टाइन डे' नै हो ।
रातो गुलाफ : शान्ति, प्रेम र क्षमताको प्रतीक
भनिन्छ नि राताे राम्रो, गुलियो मिठाे त्यसैले रातो गुलाफ प्रेम र मनोभावनाको प्रतीक हो । 'भ्यालेन्टाइन डे' मा सबैभन्दा धेरै रातो रङ्गको गुलाफ आदान प्रदान हुने र यसलाई प्रेम–प्रस्तावका रूपमा प्रदान गरिन्छ । यदि आफूले दिएकाे फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको भन्ने बुझिन्छ ।
पहेँलो गुलाफ : मित्रताको प्रतीक
मित्रतानै मानिस काे बलवान शक्ति हाे त्यसैले पहेँलो गुलाफ मित्रताको प्रतीक मानिन्छ । साथि सबैकाे हुन्छ तर असल साथी बिरलै पाइन्छ त्यसैले मित्रतामा कुनै असर नआओस् भनि पहेंलो गुलाफ दिने गरिन्छ ।
गुलाफी गुलाफ : मुटुको धड्कनको प्रतीक
मायामा आकाशकाे जून देखि ल्हासाकाे सुन ल्याइदिन्छु भन्ने सम्म कुरा हुन्छ । तिमी मेराे सबै हौ ,अनि तिमी मेराे सधैँ हौ जस्ता कुराले प्रेमी-प्रेमिका सगँ मेरो मुटु तिम्रो लागि हो जस्ता कुराले मायाजालमा पार्न गुलाफी फूल दिने गरिन्छ ।
सेता गुलाफ : साँचो प्रेम र स्वच्छ हृदयको प्रतीक
हरेक प्रेमी-प्रेमिका चाहन्छन् आफूले गरेकाे प्रेम साचाे अनि स्वच्छ हाेस ता कि बिचमा कुनै दरार नआओस् । साचाे मायामा दिने फूलहरु स्वच्छ हृदयले दिइन्छ । मायामा परेपछि कहिले खुसी त कहिले दु:खी , कहिले हर्ष त कहिले भावुक त्यसैले भावुकताले भरिएको सन्देश दिनु परेमा पनि सेतो गुलाफ दिने गरिन्छ ।
कालो गुलाफः बिदाइको प्रतीक
माया गर्नु नै कसैलाइ साथ र सपाेर्ट गर्नु हाे । हरेक प्रेमी-प्रेमिका आफ्नो जाेडि लाइ साँचाे माया मा भएकाे हेरी सम्बन्ध लाइ बिबाहमा सम्म परिनत गर्न चाहान्छन् । कुनै कारणवश प्रेम सम्बन्ध अगाडि बढाउन सम्भव छैन भने कालो गुलाफ दिएर आफ्नो सम्बन्धलाई ताेडिन्छ । तर यो वर्षको भ्यालेन्टाइन डे मा कसैले यस्तो गुलाफ साट्न नपरोस् ।
प्रेम मानिसले खुसी खोज्न गर्दछ तर धेरैलाई यसैले दुःखी पनि बनाइरहेको हुन्छ । प्रेम समझदारी, सहयोग, सहनशिलता, इमानदारिता, समर्पण, विश्वास र पवित्रताको प्रतीक हो । प्रेममा यी कुराहरु भएनन् भने प्रेम देखावटी मात्र नभइ अर्थहिन हुन्छ ।
प्रेमी–प्रेमिकाहरूका लागि स्वच्छ हृदयभन्दा राम्रो प्रतीक अरू के नै हुन सक्छ र तर पनि प्रेम व्यक्त गर्न अन्य प्रतीकहरू पनि प्रचलित छन तर त्यसकाे तुलनामा गुलाफ काे फूल नै दिएर प्रेम साट्ने प्रवृत्ति भने निकै नै बढी छ ।
(प्रदिप खड्का, भुम्लु-२ सिम्थली, काभ्रे)




