🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

स्पेनिस लालिगा : रियल मड्रिड बराबरीमा रोकियो

काठमाडौं । स्पेनिस लालिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिड एथ्लेटिको डि मड्रिडसँग बराबरीमा रोकिएको छ । लिग तालिकामा रियल शीर्ष स्थानमा छ भने एथ्लेटिको चौँथो स्थानमा छ । आइतबार राति भएको खेलमा रियल र एथलेटिको १–१ गोलको बराबरी खेले । 

रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नबाउमा भएको खेलमा २० औं मिनेटमा ब्रहिम डियाजको गोलले रियलले अग्रता बनाएको थियो । तर निर्धारित समयपछि थप गरिएको समयमा एथ्लेटिकोका मार्कोस लोरेन्टीले बराबरी गोल गरेका थिए । रियलले २३ खेलबाट ५८ अंक जोडेको छ भने समान खेलबाट एथ्लेटिकोले ४८ अंक बनाएको छ । 

लालिगामा आइतबारका खेलमा भिल्लारियल र काडिजले गोलरहित बराबरी खेलेका छन् भने ओसासुना सेल्टा भिगोसँग ३–० ले पराजित भएको छ । त्यस्तै, अर्को खेलमा बेटिस र गेटाफेले पनि १–१ को बराबरी खेलेका छन् ।