🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

सांसद शर्माले माओवादी केन्द्रसँग यसरी लिए बदला

काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छैनन् । झन्डै ५ महिना वित्दासमेत मुख्यमन्त्री कार्की गठबन्धनभित्रका दलहरुलाई मिलाएर सरकार विस्तार गर्ने विषयमा रुची राखेका छैनन् । अहिलेसम्म माओवादी केन्द्र र एकीकृत समाजवादीका एक/एक जनालाई मात्रै मन्त्री बनाएका छन् ।

    आफ्नो पार्टीका बाहेक उनीहरुलाई एक/एक मन्त्रालय दिएर गठबन्धनमा रहेको अवस्थासम्म देखाएका छन् । तर, मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा मौन देखिनुलाई भने रहस्यमय ठानिएको छ ।

राप्रपा सत्तामा आउने भएपछि रातारात सभामुख चयन भने सकिएको छ । तर, सरकार विस्तारमा भने गठबन्धनभित्र सामान्य छलफलसमेत हुन नसकेको स्राेत बताउछ ।

  मुख्यमन्त्री कार्कीकाे माओवादी केन्द्रसँग खास मनखुस नभएका कारण मन्त्रिपरिषद्लाई पूर्णता दिन समस्या भएको बताइएको छ ।

मुख्यमन्त्री कार्कीसँगै संघीय सांसद सुनील शर्मा अहिले माओवादी विरोधी जस्तो देखिएका छन् । उनीहरु यी दुईको गठबन्धनकै कारण कोशीमा माओवादीको भागको मुख्यमन्त्री कार्कीको भागमा परेको हो ।

  एमालेसँग मिल्न तयार देखिएको यो समूह अहिले पनि माओवादीलाई सरकारमा ल्याउनेभन्दा एमालेसँगै मिल्ने मुडमा देखिन्छ । त्यहीकारण  राष्ट्रियसभाको चुनाव पनि असहयोग गरेको चर्चा कोशी प्रदेशमा भइरहेको छ ।

  शर्माको समूहले असहयोग गरेकै कारण राष्ट्रियसभामा माओवादी उम्मेदवार चम्पादेवी कार्की पराजित भएको बताइएको छ । सांसद सुनील शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ गरेपछि माओवादीविरोधी भएर निस्केका हुन् ।

    हरेक घटनामा माओवादीविरुद्ध देखिएका सांसद शर्माकै समूहले कार्कीलाई एमालेसँग मिल्ने तर माओवादीलाई साइजमा राख्ने प्रयास भएको बताएको छ । अहिले मन्त्रिपरिषद् विस्तार हुन नसक्नुमा पनि सुनील शर्मा फ्याक्टरले नै काम गरेको स्राेतकाे दावी छ ।

–––