🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

धेरै खाएपछि खेलाडीलाई प्रतिबन्ध

 रेस्टुरेन्टमा मानिसहरूलाई आकर्षण गर्न स्वागत गर्नु त सामान्य नै हो । तर, जर्मनीमा एकजना व्यक्तिलाई भने धेरै खाएको आरोपमा रेस्टुरेन्टबाट नै धपाइएको छ । एक खबरका अनुसार, जर्मनीको ल्याण्डसट बबेरियास्थित अल यू क्यान इट सुसी रेस्टुरेन्टमा एक मल्टी स्पोटर्स खेलाडीलाई भने अबदेखि रेस्टरेन्टमा नआउन आग्रह गरिएको छ, धेरै खाएका कारण । हो, यो एउटा यस्तो रेस्टुरेन्ट हो जहाँ निश्चित मूल्य तिरेपछि पेटभर खान पाइन्छ । यी व्यक्तिले पनि निश्चित रकम भुक्तानी गरेर खान सुरु गरे, पेटभरि खाए पनि । तर, रेस्टुरेन्टले यी खेलाडीको खुराक देखेर अबदेखि आउन नै प्रतिबन्ध लगाइदियो । यी खेलाडी जारोस्लाव बाब्रोविस्की नामका गरेका हुन् । जसले १५.९० युरो तिरेर खान सुरु गरेका थिए । उनले खाँदाखाँदै १०० प्लेटसम्म माछा खाएपछि रेस्टुरेन्ट नै चकित प¥यो । 

 रेस्टुरेन्टका लागि यी व्यक्ति भारी परे । खानापछि उनले वेटरलाई टिप्स पनि दिन खोजे तर वेटरले लिएनन् । रेस्टुरेन्टले अबदेखि नआउन आग्रह गरेपछि जारोस्लाव क्रुद्ध बनेका थिए । वेटर मालिकले पनि आपूmले मजबुरीमा यस्तो गर्नुपरेको बताए । ती खेलाडी एक्लैले पाँच जना बराबरको खाना खाएका थिए जुन व्यवसायीका लागि घाटा सावित भयो । उनी खेलाडी भएपनि हाल सफ्टवेयर इन्जीनियरिङको काम गर्दै आएका छन्, जसका कारण उनी २० घन्टासम्म भोकै बस्ने गर्दथे । उनी रेस्टुरेन्टका नियमित ग्राहक थिए । उनले यसरी अधिक खाने भएका कारण रेस्टुरेन्टले यस्तो कदम चालेको बताएको छ । ती खेलाडीले रेस्टुरेन्टको व्यवहारले आपूmलाई चोट पु¥याएको बताएका छन् । (एजेन्सी)