🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बार्सिलोना कोपा डेल रेबाट बाहिरियो

काठमाडौं, ११ माघ । बार्सिलोना कोपा डेल रेबाट बाहिरिएको छ ।

गएराती सम्पन्न कोपा डेल रे को क्वाटरफाइनल अन्तर्गतको खेलमा एथलेटिक क्लबसँग ४-२ गोल अन्तरले पराजित हुदै बार्सिलोना बाहिरिएको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै क्लबले २-२ गोल गरेपछि खेल ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । सो समयमा एथलेटिक क्लबले २ गोल गरेपछि खेल ४-२ ले जितेको थियो ।

एथलेटिक क्लबको जितमा गोर्का गुरुजेफा, ओइहान सान्चेट, इनाकी विलियम्स र निको विलियम्सले एक एक गोल गरेका थिए । त्यस्तै बार्सिलोनाका लागि रोबेर्ट लेवानडोस्की र लामिन यमलले एक एक गोल गरेका थिए ।

त्यसैगरी अर्को खेलमा मल्लोर्काले गिरोनालाई ३-२ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । यस अघि रियल सोसियडाडले सेल्टा भिगोलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।

अहिलेसम्म एथलेटिक क्लब, मल्लोर्का र रियल सोसियडाड यस बर्षको कोपा डेल रेको सेमिफाइनलमा पुगेका छन् ।