🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

बर्लिन फिल्म फेस्टिभलमा मीनको ‘साम्बाला’

काठमाडौ । निर्देशक मीन भामको फिलम ‘साम्बाला’ले बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिष्पर्धामा छनोट भएको छ ।

फेस्टिभल आयोजकले सोमबार अन्य देशका २० फिल्मसँगै मीनको ‘साम्बाला’ पनि छनोट गरेको हो । युरोपको कान्स र भेनिसपछि बुसान फिल्म फेस्टिभल तेस्रो ठूलो फिल्म फेस्टिभल हो । फिल्ममा थिन्ले लामो र सोनम थोप्देन प्रमुख भूमिकामा छन् ।

मीनले यो फिल्म बनाउन आफूलाई ८ वर्ष लागेको बताए । उनले कोभिडसँगै आर्थिक अभावका कारण फिल्म निर्माणमा ढिलाई भएको बताए ।

यो फिल्म डोल्पाको ४ हजार मिटर माथिको उचाईमा छायांकन गएिको हो । मीनका अनुसार यो फिल्मको सुटिङ २३ दिनको समयावधिमा सकिएको थियो ।

बहुपति प्रथाको पृष्ठभूमिमा तयार पारिएको फिल्ममा मीन र अविनाशविक्रम शाहका लेखन छ ।

मीनले हराएको श्रीमानको खोजीमा निस्किएकी श्रीमतीले आफ्नै देवर (पति)सँग गर्ने यात्रा र यात्राका क्रममा उनीहरु दुवैको जीवनमा आउने परिवर्तन फिल्मको प्रमुख कथा रहेको खुलाए  रहेको मीनले बताएका छन् ।

थिन्ले लामो र सोनम थोप्देनले मुख्य भूमिकामा अभिनय गरेका छन् ।