🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मेलम्चीको पानी फेरि बन्द हुने ?

काठमाडौं । खानेपानी मन्त्रालयले काठमाडौं उपत्यकाबासी आम उपभोक्ताको माग धान्नको लागि वर्षातको समयमा सुन्दरीजलबाट दैनिक ५ करोड लिटर पानी संकल गर्ने योजना तय गरेको छ । वर्षात लागेसँगै मेलम्ची खानेपानी बिकास समितिले सुरुङमार्ग जोगाउनका लागि आगामी असार १ गते देखि नै आयोजनास्थल बन्द गर्ने भएको छ ।

मेलम्चीको पानी आउन बन्द भएपछि उपभोक्ताको माग पूरा गर्न शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बागमती नदीमा दैनिक थप पाँच करोड लिटर पानी संकलन गरी सुन्दरीजल पानी प्रशोधन केन्द्रमा पठाउनका लागि मन्त्रालयले ठेक्का व्यवस्थापन  गरिसकेको छ । तर, स्थानीय वन उपभोक्ता समितिले पानी प्रयोग गरेवापत ३० प्रतिशत रोयल्टी माग गर्दै आएको स्रोतले जानकारी दिएको छ ।

वन तथा वातावरण मन्त्रालयले इआईए प्रतिवेदन माग गरेकोले बागमती नदीबाट सुन्दरीजलको पानी प्रशोधन केन्द्रसम्म पाइप जडान गर्न अवरोध भइरहेको बताइएको छ । खानेपानी मन्त्रालयले वन तथा वातावरण मन्त्री वीरेन्द्र महतोसँग पाइप जडान र इआईए प्रतिवेदनको काम सँगसँगै अगाडि बढाउन अनुरोध गर्दै आएको छ ।

मन्त्रालयले अगाडि सारेको योजनाअनुसार काम अगाडि बढेको खण्डमा आगामी २०८१ असारदेखि उक्त योजना कार्यान्वयनमा लैजान सकिने मन्त्रालय स्रोतले बताएको छ । त्यसपश्चात मेलम्ची आयोजनाले वर्षातको समय अर्थात असारदेखि असोज, कार्तिक महिनासम्म पानी नल्याउँदा पनि बागमती नदीको दैनिक ५ करोड लिटर पानीको व्यवस्थापन गर्न सकिने दावी गरिएको छ । जसका कारण उपभोक्ताहरूको धारामा सातामा दुई पटक खानेपानी पठाउन सकिने व्यवस्था स्रोतले दावी गरेको छ ।

यसैबीच, काठमाडौं उपत्यका खानेपानी बोर्डले उपत्यका भित्रका परम्परागत ढुंगे धाराहरूको पानी उपलव्धताको अवस्था अध्ययन र अनुसन्धान कार्य पूरा भएको जनाएको छ । हाल ढुंगेधाराबाट उपलव्ध हुने दैनिक ४० लाख लिटर पानीलाई व्यवस्थित गरी वितरणको योजना तयार गरेको जानकारी दिएको छ । बोर्डले सन् २०१९ मा काठमाडौं र ललितपुर महानगरपालिका, भक्तपुर, मध्यपूर ठिमी, कीर्तिपुर, महालक्ष्मी, चन्द्रागिरी, शंकरापुर, गोदावारी र टोखा  नगरपालिकाभित्र रहेका परम्पारगत ढुंगेधाराहरुको अध्ययन अनुसन्धान गरेको थियो ।

सन २०२३ मा बुढानीलकण्ठ, चाँगुनारायण, दक्षिणकाली, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, नागार्जुन, सूर्यविनायक  र तारकेश्वर नगरपालिकामा रहेका परम्परागत ढुंगेधाराको अवस्था अध्ययन गरेको बताइएको छ । यसैका आधारमा वोर्डले दैनिक सुख्खायाममा पनि ४० लाख लिटर पानी ढुंगेधाराहरूबाट उपलब्ध हुने रिपोर्ट अघिल्लो हप्ता खानेपानी मन्त्रालयमा  पेश गरेको बोर्डका अध्यक्ष संजीव राणाले बताए ।

राणाका अनुसार, काठमाडौं उपत्यका भित्रका २० वटा नगरपालिका भित्र ८ सय १२ वटा परम्परागत ढुंगेधार रहेका छन् । जसमा हराएका वा लोप भएका ढुंगेधारामा १ सय १० वटा रहेको बताइन्छ । अहिले पनि धेरथोर पानी आउने ढुंगेधाराको संख्या ७ सय २ वटा रहेका छन् ।  बाहै्र महिना पानी आउने ढुंगेधारा ३ सय १ रहेको छ ।  धारा भएपनि पानी नआउनेको संख्या ४ सय १ रहेको राणाले जानकारी दिएका छन् । यी ढुंगेधाराको संरक्षण गर्न सकिएको खण्डमा दैनिक ४० लाख लिटर पानीको व्यवस्थापन सजिलै गर्न सकिने उनको भनाई रहेको छ ।

मन्त्रालयले प्राकृतिक सौन्दर्य र सांस्कृतिक ढुंगेधाराको संरक्षण गर्ने नीति लिएको छ । ढुंगेधारबाट खेर गइरहेको दैनिक ४० लाख लिटर पानीको संरक्षण गर्न सके र व्यवस्थित रुपमा वितरण प्रणाली मिलाउने सकेको खण्डमा उपत्यकाबासीको मागलाई केही हदसम्म धान्न सकिने मन्त्रालय स्रोतको भनाई रहेको छ । यसका लागि बोर्डमार्फत उपत्यका भित्रका तीनवटा जिल्लाका २० वटा नगरपालिकाहरूमा विस्तृत अध्ययन गरी छिट्टै खानेपानी व्यवस्थापनको कार्यक्रम सञ्चालनमा ल्याउने दावी मन्त्री महिन्द्र प्रसाद यादवले गरेका छन् । (साँघु साप्ताहिक, २०८० माघ ८)