🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पानीभित्र  राखेको लाखौको काठ बरामद

लुम्बिनी, असोज १० : पानीभित्र लुकाइछिपाइ राखेको १०८ क्यूफिट सालको काठ सशस्त्र प्रहरी बल नेपाल पजरकट्टीले बरामद गरेको छ । 

पजरकट्टी बीओपीका इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक ताम्रजङ्ग बस्नेतको नेतृत्वमा खटिएको शसस्त्र प्रहरीको टोलीले देवदह नगरपालिका–११ रेहरास्थित त्रिमुर्ति इँट्टा उद्योगको कम्पाउण्डबाट सो काठ बरामद गरेको हो । 

बरामद काठको बजार मूल्य रु चार लाख ३२ हजार रहेको र थप अनुसन्धान तथा कारवाहीका लागी सब डिभिजन वन कार्यालय देवदहलाई बुझाइएको प्रहरी निरीक्षक बस्नेतले जनाए  । पानीभित्र चोरी तस्करी गरेर नवलपरासी र रुपन्देही क्षेत्रबाट ल्याई इँट्टा उद्योगको नालीको पानीमा लुकाइछिपाइ राखेको अवस्थामा शसस्त्र प्रहरीले खोजतलास गर्दा बरामद गरेको हो । 

बरामद काठ एक डेढ महिना पहिलेदेखि पानीमा लुकाइछिपाइ राखेको हुनसक्ने र सो काठ पुरानो भएपछि बिक्री गर्ने मनसाय भएको हुनसक्ने वन कार्यालयले जनाएको छ । उक्त काठ रुपन्देही र नवलपरासीको जङ्गलबाट अवैधरुपमा कटानी गरी ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

सालको काठ एक किलोमिटर दूरीमा रहेको नवलपरासीको दशकठ्ठा भन्ने जङ्गलबाट चोरी गरी ल्याएको हुनसक्ने सब डिभिजन वन कार्यालय देवदहका इञ्चार्ज कृष्ण ज्ञवालीले जनाए  । 
–––