🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बलात्कारपछि हत्यामा संलग्न सार्वजनिक

पोखरा, १० असोज (रासस) : पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीकी श्रीया विक (सुनार)को बलात्कारपछि हत्या गर्ने कुसुम पौडललाई आज प्रहरीले सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख ओमबहादुर रानाले अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएका पौडेलले घटनामा आफू संलग्न रहेको स्वीकार गरेको जानकारी दिए  । 

छानबिन र अनुसन्धानका क्रममा घटनाको जानकारी हुनासाथ प्रहरीले केही घण्टाभित्रै शङ्कास्पद व्यक्ति पक्राउ गरेको बताउँदै उहाँले केरकारका क्रममा पौडेलले हत्या गरेको स्वीकार गरेको उल्लेख गरे  । 

प्रहरीका अनुसार सोमबार रक्सी र गाँजाले मातेर घर आउँदा पौडेलले बाटोमा श्रीयालाई भेटेपछि शुरुमा चकलेट खाऊ भनी रु पाँच दिए ।

त्यसपछि पुनः रु १० देखाई प्रलोभनमा पारी जबर्जस्ती गर्न खोजे । श्रीयाले प्रतिकार गर्न खोजेपछि घाँटी थिचे र झाडीतिर फालिदिए ।

झाडीमा घाँटी थिचेर बलात्कार गरी ढुङ्गाले हानी हत्या गरे । स्थानीयवासीले आज विरोध ¥यालीसहित जिल्ला प्रहरी कार्यालय अघि धर्ना दिँदै हत्यारालाई हदै सम्मको कारवाही गर्न माग गरेका छन् ।