🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अयोध्यामा हेमा मालिनीले रामायणमा आधारित नृत्य प्रस्तुत गर्ने

अयोध्या, २ माघ । अयोध्या राम मन्दिरको उद्घाटन २२ जनवरीमा हुँदैछ । यो ऐतिहासिक क्षणको प्रतिक्षामा सबैजना रुमल्लिएका छन् । 

रामलालाको अभिषेकका लागि बलिउडदेखि राजनीतिक जगतका धेरै ठूला व्यक्तित्वलाई निम्तो दिइएको छ । त्यसको तयारी पनि तिब्र रुपमा भइरहेको छ । यसैबीच, बलिउडकी एक दिग्गज अभिनेत्रीले यस दिन रामायणमा आधारित नृत्य प्रस्तुति दिने खबर आएको छ ।

रामायणमा आधारित यो डान्स ड्रामा अरू कसैले नभई बलिउडकी ड्रीम गर्ल अर्थात् हेमा मालिनीले प्रस्तुत गर्न लागेकी हुन् । हो, यो दिन हेमा मालिनीले रामायणमा आधारित नृत्य प्रस्तुत गर्न लागेकी छिन् । यो कुरा नायिका आफैले एक भिडियोमा सेयर गरेकी छिन् ।

यो भिडियोमा हेमा मालिनी भन्छिन्, ‘जय श्री राम, म पहिलो पटक अयोध्या आउँदै छु र त्यो पनि रामललाको मन्दिरको उद्घाटन हुने समयमा । जसको लागि मानिसहरु वर्षौदेखि पर्खिरहेका थिए । जगत गुरु पद्मविभूषण तुलसी पीठाधिश्वर जगत गुरु रामनन्द स्वामी रामभद्राचार्य जीको ७५ औँ जन्मजयन्ती १४ जनवरीदेखि २२ जनवरीसम्म मनाइँदैछ ।’

साथै, मन्दिरको उद्घाटन र गुरुदेवको जन्मजयन्तीको उपलक्ष्यमा आगामी जनवरी १७ साँझ ७ बजे अयोध्याधाममा मेरो सम्पूर्ण टोलीसँग रामायणमा आधारित नृत्य नाटक प्रस्तुत गर्न लागेको छु । त्यसैले आउनुहोस्, यो सनातन पर्व मनाउन अयोध्याधाममा सबै मिलेर बसौं ।

बलिउडकी एक दिग्गज अभिनेत्री हुनुको साथै उनी भारतीय जनता पार्टी (भाजपा) की सांसद पनि हुन् । फिल्मपछि उनी राजनीतिमा सक्रिय छन् । हेमा प्रायः राजनीतिक मुद्दाहरूमा आफ्नो विचार व्यक्त गरिरहेको देखिन्छन् ।