🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानमन्त्री अमेरिकी राष्ट्रपतिद्वारा आयोजित स्वागत समारोहमा सहभागी

न्यूयोर्क, ९ असोज (रासस) : प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा प्रथम महिला मेलानिय ट्रम्पद्वारा असोज ८ गते सोमबार साँझ आयोजित स्वागत समारोहमा सहभागी भएका छन्  । उक्त समारोहमा प्रधानमन्त्री ओली धर्मपत्नी राधिका शाक्यका साथ सहभागी  भएका थिए।   

अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियबाट  संयुक्त राष्ट्रसङ्घको महासभाको ७३ औँ अधिवेशनमा भाग लिन यहाँ आइपुगेका विभिन्न मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा सरकारका प्रतिनिधिको सम्मानमा उक्त स्वागत समारोह आयोजना गरिएको हो । 
–––