🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एसियन कपमा जापानको विजयी सुरुवात, भियतनाम ४-२ ले पराजित

काठमाडौँ, २९ पुस । जारी एसियन कप फुटबलमा जापानले विजयी शुरुवात गरेको छ ।

आइतबार सम्पन्न समूह 'डी' अन्तर्गतको खेलमा जापानले भियतनाममाथि ४-२ गोलको जित हासिल गरेको हो । जापानको जितमा ताकुमी मिनामिनोले २ गोल गरेका थिए भने केइटो नकामुरा र अयासे उएडाले एक एक गोल गरेका थिए ।

यस अघि खेलको ३३औं मिनेटमा भियतनामले जापानमाथि २-१ को अग्रता लिएको भएपनि सो अग्रता जोगाउन नक्सक्दा हार बेहोरेको थियो । भियतनामका लागि एन्गुएन बाक र फाम तुआन हैले एक एक गोल गरेका थिए ।

यो जितसँगै जापानले समूह 'डी' मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ । अब जापानले अर्को खेल शुक्रबार इराकविरुद्ध खेल्ने तालिका रहेको छ । त्यस्तै भियतनामले अर्को खेल शुक्रबार नै इन्डोनेसियाविरुद्ध खेल्ने छ ।