🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

टीकापुर सामाजिक सद्भाव र एकताको थलो : उपप्रधानमन्त्री खड्का

कैलाली । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले टीकापुर सामाजिक सद्भाव र एकताको थलो भएको बताएका छन् ।

शुक्रबार सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव उद्घाटन गर्दै उनले २०७२ सालको घटनापछि केही समय अशान्त रहन पुगेको टीकापुर अहिले पूर्ववत् शान्त अवस्थामा फर्कन थालेको बताए ।

उनले भने,‘यस क्षेत्रमा विभिन्न जातजाती र समुदायबिच सदियौँदेखि कायम रहि आएको सामाजिक एकता, पारस्परिक सद्भाव र सहिष्णुतालाई हामीले कदापि खल्बलिन दिनुहुँदैन । यसतर्फ म यहाँका सबै राजनीतिकर्मी, बुद्धिजीवी र सर्वसाधारणको ध्यान आकृष्ट गर्न चाहन्छु ।’

उपप्रधानमन्त्री खड्काले सुदूरपश्चिम प्रदेशलाई पर्यटन तथा कृषिको विकासमार्फत समृद्ध बनाउन सकिने बताए ।  उनले दुईतिर छिमेकी मुलुकसँग सिमाना जोडिएको यो प्रदेशमा पर्यटन प्रवर्द्धन, औद्योगिक वस्तुको उत्पादन र निकासी, कृषि र पशुपालन क्षेत्रको विस्तार, जडीबुटी उत्पादन र प्रशोधन तथा शैक्षिक विकासलाई प्रवर्द्धन गरी यस क्षेत्रलाई मुलुककै एउटा आर्थिक हबको रूपमा विकास गर्ने प्रशस्त सम्भावना रहेको धारणा राखे ।

टीकापुर सुदुरपश्चिमको  सुन्दर र ठूलो आर्थिक सम्भावना बोकेको शहर भएको र सदरमुकाम धनगढीपछिको प्रमुख आर्थिक व्यापारिक केन्द्रको रूपमा रहेको उनको  भनाइ थियो ।