🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पोखराबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेकोबारे सरकारले जवाफ दिनपर्छ : सभामुख घिमिरे

पोखरा । सभामुख देवराज घिमिरेले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुनुको कारणबारे सरकारले जवाफ दिनुपर्ने बताएका छन् । उनले विमानस्थल बनेको यति लामो समयसम्म पनि किन उडान भएन भनेर पोखरेली जनताले थाहा पाउनुपर्ने बताए । 

ठूलो लगानीमा विमानस्थल निर्माण भएको भएतापनि सञ्चालनको एक वर्ष पुग्दापनि अन्तर्राष्ट्रिय उडान हुन नसक्नु दुखद कुरा भएको बताउदै अन्तर्राष्ट्रिय उडान हुन नसक्नुको कारणबारे सरकारले जवाफ दिनुपर्ने बताए । उनले त्यसबारे स्थानीय, प्रदेश र संघीय सरकारको ध्यानाकर्षण समेत गराए । 

यूनाइटेड क्लबको आयोजनामा बिहीबारदेखि पोखरामा सुरु भएको बाह्रौं संस्करणको पोखरा महोत्सवको उद्घाटन गर्दै सभामुख घिमिरेले पोखरा जुलोजिकल पार्कलाई गण्डकी प्रदेश सरकारले आफ्नो गौरवको योजनामा लिएर अगाढि बढिरहेकोमा यथाशीघ्र सम्पन्न गरी खुल्ला चिडियाखाना सञ्चालन गर्न समेत आग्रह गरे । 

सभामुख घिमिरेले महोत्सवले देशको कला संस्कारलाई समेत उजागर गरेको बताए । साथै, गण्डकी प्रदेश र पोखरोका पर्यटनलाई प्रवद्र्धन गर्न मद्धत पु¥याएको बताए ।