🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रहरीद्वारा पाँच किलो लागूऔषध र होटल सञ्चालकसहित तीन जना पक्राउ

धनगढी, २१ पुस । कैलालीको चुरेबाट पाँच किलो लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।

चुरे गाउँपालिका वडा नम्बर ५ खानीडाँडास्थित झालपोखरीमा रहेको एक होटलबाट चार किलो लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । आज बिहान ५० वर्षीय होटल सञ्चालक गोरे जागरी, बझाङको बुङगल नगरपालिका वडा नम्बर १ का ३८ वर्षीय कर्णबहादुर धामी र वडा नम्बर २ का ३३ वर्षीय अमर धामी लागूऔषधसहित पक्राउ परेका हुन् । 

प्रहरीले गोप्य सूचनाको आधारमा होटल सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, इलाका प्रहरी कार्यालय मालाखेती, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट खानीडाडाबाट खटिएको संयुक्त प्रहरी टोलीले होटेलमा खानतलासी गर्दा लुकाएर राखेको अवस्थामा लागूऔषध फेला परेको हो ।

प्रहरीले एक थान तराजु, एक किलोको ढक एक थान र आधा किलोको ढक एक थान समेत बरामद गरिएको छ । यस विषयमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।