🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

खेल क्षेत्रको विकासका लागि राष्ट्रपतिद्वारा तीनै तहको सरकारलाई ध्यानाकर्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेल क्षेत्रको विकासका पहलका लागि तीन तहको सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘तेस्रो राष्ट्रपति रनिङ् शिल्ड’ प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले खेलकुदले समग्र विद्यार्थीलाई सहयोग गरी सामाजिक, मानसिक र आर्थिक दृष्टिमा सशक्त बनाउने भन्दै खेल क्षेत्रको विकासको पहलका लागि तीनै तहको सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।

‘खेलकुद राष्ट्रिय सोच र सपना साकार पार्ने प्रेरणाको स्रोत पनि हो, त्यही भएर खेल क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारबाट प्रयासहरु होस् भनेर ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भने, ‘खेलकुदले समग्र विद्यार्थीलाई सहयोग गरी सामाजिक, मानसिक र आर्थिक दृष्टिमा सशक्त बनाउँछ ।’

उनले नेपालको समग्र विकास समृद्धि र प्रगतिमा पनि युवा विद्यार्थीको अग्रणी र महत्वपूर्ण भूमिका रहने उल्लेख गरे ।

राष्ट्रपति पौडेलले खेलकुद प्रतियोगिताले विद्यार्थी विद्यार्थीबीच सामूहिकता, सहभागिता र उत्साह जगाइ शिक्षा क्षेत्रलाई पनि सभ्य बनाउने भएकाले शिक्षा र खेलकुदबीच अदभुत सम्बन्ध रहेको धारणा राखे ।

उनले भने, ‘सार्वजनिक स्थलमा सञ्चालन हुने खेलकुद प्रतियोगिता विद्यार्थी विद्यार्थीबीच सामूहिकता, सहभागिता र उत्साह जगाउने शिक्षाको मनोक्रियात्मक क्षेत्रलाई सभ्य बनाउने भएकाले  शिक्षा र खेलकुदबीच अदभुत सम्बन्ध हुन्छ ।’