काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले उपरथी पदोन्नति भएका सहायक रथी पवनराज घिमिरे र चोकबहादुर ढकाललाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । २०८० पुस १६ गते जंगीअड्डामा आयोजित एक कार्यक्रममा घिमिरे र ढकाललाई दज्र्यानी प्रदान गरिएको हो । पदोन्नतिसँगै घिमिरे नेपाल सैनिक वार कलेजको शिक्षाधिकृत र ढकाललाई सैनिक सचिव विभाग अतिरिक्त समूहमा नियुक्त भएका छन् ।
त्यसैगरी, प्रधानसेनापतिले पुस १२ गतेकै मितिबाट सहायक रथीमा पदोन्नति भएका महासेनानीहरु कमल बानियाँ, राजाराम बस्नेत, रोजप्रताप राणा, संजय देउजा, पुरन घले, राजेन्द्र श्रेष्ठ, नारायण बहादुर थापा र लेखा महासेनानी राजन अधिकारीलाई पनि पदोन्नति भएको दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।




