🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली हस्तकला बद्नाम हुनबाट रोकौं 

हस्तकलाका सामान उत्पादन गर्ने सिप र यसमा प्रयोग हुने सामान समेत स्थानीय स्तरमानै प्राप्त हुने, ग्रामीण विकासलाई राष्ट्रिय प्राथमिकता दिइएको मुलुकहरुमा हस्तकलाको सामानको निकासीले महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ । देशमा विभिन्न क्षेत्र जिल्ला, स्थानीय हस्तकलाका उद्यमी, व्यवसायी, कलाकार एवं कालिगढबाट उत्पादित हस्तकलाको वस्तुहरुको प्रदर्शन तथा बिक्री गर्ने अवसर सृजना गर्ने फोरमको व्यवस्था गर्नु तथा राष्ट्रमा नै गुणस्तरीय र विभिन्न किसिमका उपयोगीतामूलक धरायसी प्रयोगजन्य सजावटका नबोदित हस्तकलाका वस्तुहरु सहुलियत एवं प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध गराउने लक्ष्य रहेको हुन्छ  । 

साथै विदेशी व्यवसायीक खरीदकर्ताहरु र मुलुकका हस्तकला उत्पादक, कलाकार, व्यवसायीहरुको व्यापारिक भेटघाट, व्यापारिक सम्बन्ध हुने थलो हुनु, हस्तकला उद्यमी–उत्पादक एवं कलाकारहरुलाई विद्यमान बजारीकरणका प्रयासहरु हुने राम्रो अवसरको रुपमा हेरिन्छ । 

 हस्तकलाका निकासीकर्ताहरुले त्यस्तो फाइदा प्राप्त गर्न बजारको प्रवृत्तिको अध्ययन गर्नु पर्दछ । साथै विशेष बिक्री अवसरको रुपमा हस्तकला मेलालाई बिक्री अवसरको रुपमा लिई सावधानीपूर्वक हेरी बजारीकरणको रणनीति तैयार गर्नु पर्दछ । साथै, हस्तकला उद्यमी एवं व्यवसायीहरुले बजारमा देखिएको परिवर्तनलाई ध्यानमा राखी कसरी निर्यात प्रवद्र्धन गर्न सकिन्छ भने बारेमा गहिरो सोच र समझदारी राख्नु पर्ने बेला आएको छ । 

 नयाँ बस्तुहरुको अन्वेषण र वस्तु अंगीकरणको (क्ष्ललयखबतष्यल बलम ब्मबउतबतष्यल) क्रम र निकासीका लागि नयाँ बजारको खोजी पनि साथ साथै जारी रहनु पर्दछ ।  नेपाली परम्परागत हस्तकलाको आफ्नै महत्वपूर्ण माग रहेको छ । यस हिमाली मुलुकको गौरवशाली संस्कृति र परम्परालाई यसले प्रतिविम्बित गरेको छ । यसै क्रममा नेपालबाट उल्लेख्य मात्रामा निकासी गर्न सकिने हस्तकलाका वस्तुहरुमा ऊनी पदार्थहरु, कलात्मक रुपमा कुदिएका मूर्तिहरु र धातुका सामानहरु, चादी का गरगहना, जडाउका सामान काष्ठकलाका सामानहरु, घरबुना सामान, थाङ्का र अन्य यस्तै सामानहरु रहेका छन् ।

    नेपाली कलात्मक हस्तकला खास गरी धातु निर्मित हस्तकलाको छिमेकी मुलुकले सस्तो नक्कल गरी संसार भर बेचिरहेको कटु सत्यले हाम्रो परम्परागत हस्तकला व्यवसायमा ठूलो धक्का पुग्न गएको सन्दर्भमा नेपालमा र विदेशमा समेत आयोजना हुने हस्तकला मेला तथा प्रदर्शनीमा, सेमिनार, गोष्ठी, प्रदर्शन आदिको माध्यमद्वारा वास्तविकता जनसमक्ष पु¥याउनु पर्दछ । 
 नेपालमा बन्ने तिब्बतियन कार्पेट वा गलैचा नेपालको निकासीमा अग्रस्थानमा आउने वस्तु रहेको विगत थियो  । हुनत उनी गलैंचालाई अहिले हस्तकलाको श्रेणीमा राखिंदैन तापनि यसमा संलग्न बुनकरहरुले पाउने रोजगारीको स्थिति र संभाव्यतालाई हामीले किन्चित पनि कम मूल्याङ्कन गर्नु हुँदैन । 

 कुनै धर्ममा वा भगवानमा आस्था राख्नुको साथै नेपालमा प्रचलित धर्मको कारणले पनि हस्तकला उद्योगको प्राचीनतालाई झल्काएको छ । यसरी सदीयौं पुरानो रुपमा र स्वरुपमा विभिन्न भगवानलाई चित्रित गर्दै गरेको हामी देख्दछौं । यसै परिप्रेक्ष्यमा कलात्मक धातुमा कुँदिएका मूर्तिहरु, धातुका सामानहरु, जडाउका सामान, काष्ठकलामा सामान, पत्थरमा कँुदिएका मूर्तिहरु हस्त निर्मित ऊनी गलैंचा, साना साना माटाका भाडाहरु पेन्टिङ्ग, थान्का तैयारी पोशाक आदि नेपाली सिप र शिल्पीकारहरुको आफ्नो सिपको बेजोड नमूना  हो ।

 यसरी यी नै अथाह वस्तुहरु मध्ये आफ्नो रुची एवं चाहनाको वस्तु छनौट गर्नु यहाँका उत्पादक, निर्यातकर्ता एवं विदेशी आयातकर्ताहरुलाई समेत एक प्रमुख चुनौतीको रुपमा रहन गएको देखिन्छ । नेपालका हस्तकलालाई परिमाणमा आँक्नु भन्दा यसको अद्वितीयपन र आधारभूत गुणस्तर प्रमुख कुरा हुन भन्ने कुराको यथार्थता बोध आयातकर्ताहरुलाई हामी नेपालीहरुले दिलाउन सक्नु पर्दछ । 

 हस्तकला उद्योगमा देखिएको अर्को समस्यामा नेपाली कलात्मक हस्तकला खास गरी धातु निर्मित हस्तकलाको भारतले सस्तो नक्कल गरी संसारमा बेचिरहेका छन् । अझ यस भन्दा गंभीर कुरा त्यस्ता सस्तो मेशिनबाट बनाइएका वस्तुहरु नेपाली बजारमा आई नेपाली हस्तकलाका सामान हुन भनी बिक्री हुनुबाट नेपाली हस्तकलाले बद्नामी मात्र पाउने होइन अपितु यसबाट हाम्रो हस्तकला उद्योगको भविष्यमानै ठूलो प्रश्न चिन्ह खडा हुन सक्तछ । 

 नेपाली हस्तकलाका वस्तु ‘‘उपयोगी भन्दा बढी सजावट” मुखी रहेको र यस्ता वस्तुहरुको बजार निकै सीमित रहेकोले उपयोगी सजावटका हस्तकला सामानको बजार अध्ययन गर्नु जरुरी छ । 
 युरोपिय समुदाय लगायत धेरै जसो मुलुकहरुमा वस्तुकलाका सामानहरुको निकासीमा सामान्य ग्राह्यता प्रणाली लागु भै भन्सार दर विल्कुलै छुट वा ज्यादै न्यून मात्रामा  रहेको मा २०२६ मा विकासोन्मुख मा स्तरोन्नति पछि भन्सार लगाइने भएबाट पनि नेपाली हस्तकला र खास गरी काष्ठकलाका सामानहरुलाई उपहार दिने वस्तुको रुपमा नेपालले विकशित गर्दै प्रतिस्पर्धी भै जानु पर्दछ । 

 हस्तकला उद्योगमा लागेका उद्यमीहरुले यस उद्योगको विकाशको लागि सरकारी पक्षबाट पनि उत्तिकै महत्व दिनु पर्दछ । देशको औद्योगिक नीति सन् १९९२ ले हस्तकला उद्योगलाई साना तथा धरेलु उद्योगको श्रेणीमा राखेको छ र औद्योगिक तथा विदेशी लगानी ऐन अन्तर्गत साना तथा धरेलु उद्योगमा केवल प्रविधि मात्र ल्याउन सकिन्छ यसमा पुँजी निवेश गर्न सकिंदैन । 
 यस उद्योगलाई संरक्षण दिन सरकारले घरेलु उद्योग र खास गरी हस्तकलाको उद्योगको विकाशमा टेवा पु¥याउन हस्तकलाका विदेशी वस्तु आयातमा भन्सार दर वन्दी वढी गर्नुपर्ने भन्ने राय समेत रहेको छ । 

उदारीकरणको नीति देशले अवलम्वन गरी रहेको स्थितिमा यो कति संभव छ भन्ने कुरा आफ्नै स्थानमा छ । उच्च गुणस्तर र राम्रो सामान उत्पादन गर्न समेत सिप विकास तालिमको व्यवस्था समेत समय समयमा गर्नुपर्ने आवश्यकता पनि अझ तडकारो रुपमा देखिन आएको छ । 

सुझावहरु 
देशमा लागू गरिने योजनाको कार्यक्रममा निर्यात अभिवृद्धिको उद्देश्य र ग्रामीण विकासको उद्देश्यमा राम्रो तालमेल हुनु पर्दछ । नयाँ बस्तुहरुको अन्वेषण र वस्तु अङ्गीकरणको क्रमजारी राख्नु पर्दछ । साथै निकासीको लागि नयाँ बजारहरुको खोजी पनि साथसाथै जारी राख्नु पर्दछ । 

 हस्तकला निकासी तथ्याङ्कमा देखिएको क्रमिक उतार चढाबको कारण वस्तुगत संस्थागत आधारमा समेत हस्तकला निकासी प्रोत्साहन गर्नु पर्ने आवश्यकता र अनिवार्यताको महसुस केवल हस्तकला निकासीकर्ताहरुले मात्र होइन वरु यस संग सम्बन्धित सबै क्षेत्रले गर्नु पर्दछ । स्थानीय महिला रोजगारीमा अभिवृद्धि भै विदेशी मुद्रा समेत आर्जन गर्न सक्ने र वस्तुको निकासीको समेत न्यून आयात भन्सार महशुल लगाइने हुँदा यसको क्रमिक विकासमा जोड दिनु पर्छ । 

हस्तकला निकासीकर्ताहरुले प्रयोग भै समाप्त हुने जस्ता सामानहरुको निकासी वढाउन विशेष जोड दिनु पर्दछ । साथै सजावटको रुपमा रहने वस्तुमा पनि वस्तु अङ्गीकरण क्रेताको चाहना अनुसार गर्नु पर्दछ । नेपाल सरकार निजी क्षेत्रका व्यापारीहरुले भारतलगायत अन्य सार्क राष्ट्रहरुमा हस्तकलाको निर्यात कसरी बढाउन सकिन्छ, के कस्तो वाधा छन भन्ने कुरा सार्कको हस्तकला तथा धरेलु उद्योगहरुको समूह बिचमा छलफल गरी निष्कर्ष निकाल्न र द्विपक्षीय सन्धि संझौतामार्फत समेत यसको निराकरण गर्न सक्छन् । 

 २०२६ पछि जि.एस.पी सुविधा लगायत हस्तकलासंग सम्बन्धित विभिन्न समस्या र समाधान बारे र यसका संभाव्य बारे विविध–पक्ष–उत्पादक, ग्रामीण क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरु बिचमा तालिम, गोष्ठी आदि सुचारु रुपले हुनु पर्ने देखिन्छ । 

 निकासीमा प्रक्रियागत सरलता ल्याउनु पर्ने र आन्तरिक ओसार पसारमा समेत अनावश्यक झन्झट हटाउनु पर्ने देखिन्छ । साइवर स्पेशको युगमा प्रविधि सूचना पार्क आदिको माध्यमद्वारा नेपाली हस्तकलाको व्यापक प्रचारप्रसार मेला प्रदर्शनी आदिमा सहभागिता बढाउनुपर्ने देखिन्छ । (साँघु साप्ताहिक, २०८० पुस ९)