🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 “मलाई सहयोग गर्ने महान्यायाधीवक्ता नै भएनन्”–राष्ट्रपति  ट्रम्प

वासिङ्टन, ४  असोज (रासस/एपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधीवक्ता जेफ सेसनबिरुद्ध फेरि आक्रोस पोखेका छन्  । राष्ट्रपति ट्रम्पले भने, “मलाई सहयोग गर्ने महान्यायाधीवक्ता नै छैनन् ।” 

हील टेलिभिजनलाई दिएको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफू जेसनको कार्यबाट ज्यादै दुःखित भएको बताए । अमेरिकाको गत राष्ट्रपतीय चुनावमा रुसीहरुको संलग्नता सम्बन्धी एक अनुसन्धानबाट सेसनले आफूलाई अलग राखेकामा ट्रम्पले पटकपटक आक्रोस पोख्दै आएका छन्  । 

राष्ट्रपति ट्रम्पले अन्तवार्तामा सेसनले त्यस्तो गर्नुपर्ने आवश्यकता नै थिएन भनेका छन्  । तर न्याय विभागको निर्देशिकामा महान्यायाधीवक्ता सेसन स्वयं राष्ट्रपतीय चुनावताका रुसीहरुसँगको एक बैठकमा सहभागी रहेकाले अनुसन्धान प्रक्रियामा सहभागी हुन नपाउने प्रावधान छ । 

सीमा समेतका धेरैवटा मुद्दामा जेफ सेसनको कार्यसम्पादन आफूलाई चित्त नबुझेको पनि राष्ट्रपति ट्रम्पले बताए  । राष्ट्रपति ट्रम्पले सेसनका सम्बन्धमा भविष्यमा के गर्ने भन्ने अझै टुङ्गो नलागेको पनि बताए  । 

ट्रम्पका सल्लाहकारहरुले सेसनलाई कम्तीमा यही नोभेम्बरमा हुने मध्यावधि  चुनावसम्म हटाउन नहुने सल्लाह दिएको बताइन्छ । 
—