बाँके जिल्ला, राप्ती सोनारी गाउँपालिका-२ स्थित खैरीखोलामा फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिष्पोजल टोलीले २०८० पौष १२ गते निस्कृय पारेको छ ।
.jpg)
यसै बिच २०८० पौष १२ गते पाल्पा जिल्ला, तानसेन नगरपालिका-५, धरमपानीस्थित जंगलमा लागेको डढेलो र रोल्पा जिल्ला, रोल्पा नगरपालिका-१, खवासेस्थित स्थानीय व्यक्तिको घरमा भएको आगलागी नेपाली सेनाले स्थानीय बासिन्दा तथा अन्य निकायको सहयोगमा नियन्त्रणमा लिएको जानकारी पनि दिएकाे छ ।



