🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

३ अर्बको बैंक हिसाब–किताब गोलमाल

सरकारी कार्यालयले आफ्नो आर्थिक कारोबारको हिसाब–किताब मासिक रुपमा अद्यावधिक गर्नुपर्ने नियम छ । अन्य सरकारी निकायहरूको हकमा यस्तो नियम लागू भए पनि नागरिक लगानी कोषमा भने यो नियम लागू हुँदैन । कोषले हिसाब अद्यावधिक गर्नेतिर चासो नराख्दा कोषको करोडौं रुपैया“ गोलमाल भएको भेटिएको छ । सुन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ, तर नागरिक लगानी कोषको बैंक हिसाब किताब मिलान (रिकन्सिलेसन) नै लामो समयदेखि नमिलेको पाइएको छ । आर्थिक वर्ष २०७२÷०७३ सम्ममा ३ अर्बको बैंक हिसाब किताब मिलेको छैन । यो रकम वर्षौंदेखिको हो । महालेखा परीक्षकको कार्यालयको प्रारम्भिक प्रतिवेदनमा नागरिक लगानी कोषले वर्षौंदेखि बैंक हिसाब किताब (रिकन्सिलेसन) नमिलेको भन्दै आर्थिक अनियमितताको जरोकिलो समातेको छ । 
‘कोषले सञ्चालन गरेका कार्यक्रमहरूको देशभरि छरिएका सहभागीहरूबाट रकम संकलन गर्न राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, नेपाल राष्ट्र बैंकका सम्बन्धित शाखा कार्यालयहरू तथा काठमाडौंका अन्य बाणिज्य बैंकहरूमार्फत बैंकिङ कारोबार हु“दै आएको छ,’ बैंक हिसाबकिताब मिलानमा गम्भीर आर्थिक अपराध भएको ठम्याउ“दै महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘आ.व. ०६४÷६५ को लेखापरीक्षण प्रतिवेदनमा बैंक हिसाब अद्यावधिक नभई रिकन्सिलेसनमा फरक परेको रकम रु. १४ करोड ८८ लाख देखिएको थियो । कोषको कारोबारमा क्रमशः भइरहेको बृद्धि तथा आ.व ०६४÷६५ बाट नेपाल सरकार निजामती कर्मचारी तथा शिक्षकहरूको सावधिक जीवन बीमा कोष कार्यक्रम सञ्चालन भएपश्चात् बैंकि¨ कारोबार बृद्धि हु“दै जा“दा बैंक रिकन्सिलेसन हिसाब कार्य व्यवस्थापनमा कठिन भई बैंक हिसाबको रिकन्सिलेसनका फरक क्रमशः वृद्धि हु“दै गएको छ ।’ प्रतिवेदनका अनुसार आ.व. ०७०÷७१ र आ.व. ०७१÷७२ को लेखापरीक्षण प्रतिवेदनमा बैंक हिसाब रिकन्सिलेसनको फरक रकम क्रमशः रु. २ अर्ब २४ करोड र रु ३ अर्ब पुगेको छ । बैंक हिसाब रिकन्सिलेसनको फरक रकम क्रमशः बृद्धि हु“दै जा“दा कोषको कारोबारमा जोखिम बढेको भन्दै महालेखाले चिन्ता प्रकट गरेको छ ।