🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रथम बिर्तामोड जुत्ता चप्पल महोत्सव हुँदै

झापा । झापाको बिर्तामोडमा आठवटा कम्पनीको सहकार्यमा पहिलो पटक ‘प्रथम बिर्तामोड जुत्ता चप्पल महोत्सव २०८०’ आयोजना हुने भएको छ । 

पुष ९ गतेदेखि आयोजना हुने महोत्सव १ महिनासम्म सञ्चालन हुने आयोजकले बिर्तामोडमा पत्रकार सम्मेलन गरेर जनाएको छ ।

नेपालमा चर्चित ब्राण्ड रन सुज, रोयल फुटवेयर, वेश फुटवेयर, लालीगुराँस फुटवेयर, शुभकामना फुटवेयर, स्मार्ट सुज ईण्डष्ट्रिज, डिजे सुज कम्पनी र एक्सन फुटवेयर कम्पनीको सहकार्यमा जुत्ता चप्पल महोत्सव आयोजना हुन लागेको हो ।

महोत्सवमा ८ वटा कम्पनीका ३ हजारभन्दा बढी मोडलका जुत्ता चप्पल उपलब्ध हुने आयोजकमध्येका रन सुजका सञ्चालक रुद्र न्यौपानेले जानकारी दिए । उनले महोत्सवमा नेपाली उत्पादनलाई मात्र प्रवर्द्धनका लागि स्थान उपलब्ध हुने बताए ।

कतिपय उत्पादनको अवधि समाप्त हुन लागेपछि ‘सेल’ लगाउने व्यवसायिक परम्परालाई अन्त्य गर्दै सो महोत्सवमा नयाँ उत्पादनमात्र उपलब्ध गराउने दावी कम्पनीको छ । महोत्सवमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिने न्यौपानेले बताए ।

महोत्सवमा १५० देखि ८ हजार रुपैयाँ मूल्यका जुत्ता चप्पल उपलब्ध हुने जनाइएको छ ।

अहिले नेपाली जुत्ता चप्पल बजारको ६५ प्रतिशत नेपाली उत्पादनले लिएको जानकारी दिदै न्यौपानेले कम्पनीले आफ्ना उत्पादन विदेशी बजारमा पनि निर्यात गर्ने तयारी गरिरहेको जनाए ।

महोत्सवपछि बिर्तामोडमा ८ वटै कम्पनीको आधिकारिक बिक्री केन्द्र राख्ने तयारी कम्पनीले गरेको छ ।