🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

काठमाडौंमा फ्री तिब्बत गतिविधि बढ्दै !

 

काठमाडौं । काठमाडौंमा तिब्बतीयन शरणार्थीहरूले विदेशी राष्ट्रहरुको गोप्य उक्साहट र लगानीमा उत्तरी छिमेकी मित्रराष्ट्र चीन विरोधी गतिविधि गर्न थालेको समाचारहरु बाहिर आएका छन । तिब्बतबाट भागेर भारतको हिमान्चल प्रदेशको धर्मशालामा बस्दै आएका निर्वासित बौद्व धार्मिक नेता दलाई लामाले विश्व शान्ति नोबेल पुरस्कार पाएको ३४ वर्ष पुगेको छ । सो अवसर पारेर २०८० मंसिर २४ गते स्वयम्भूको ढाल्कार र बौद्धको सेल्कार गुम्बामा चीन विरोधी गतिविधि गर्दै दलाई लामाको फोटोमा खादा लगाएर पूजा गर्दै लामा र फ्रि तिब्बतको समर्थनमा नारा लगाएको स्रोतले बताएको छ ।

उक्त अवसरमा तिब्बतियन लामा तथा बौद्व भिक्षुहरूलाई भोजनसमेत गराइएको बताइएको छ । चीन विरोधी यस्ता गतिविधि हुँदासमेत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनीहरुलाई नियन्त्रणमा लिनको लागि कुनै कदम नचालेको बताइन्छ ।  अघिल्लो २०८० मंसिर १८ गते सोमवार बिहान स्वयम्भूको ढाल्कर गुम्बामा भने फ्रि तिब्बत र दलाई लामाको समर्थनमा विरोध कार्यक्रम गर्न लागेका दोमा, मेन्दक, नाम्चे दोमा लामा, छिरङ गुरूङ र टासी छेन्दुकलगायत पाँच जना तिब्बतियन शरणार्थीहरूलाई पक्राउ गरिएकोे थियो ।  ढाल्कर गुम्बामा भने औपचारिक कार्यक्रम गर्न नदिएको प्रहरीले स्रोतले बताएको छ । (साँघु साप्ताहिक, २०८० पुस २)