🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग भयो– आयोग

काठमाडौँ, ३० भदौ । राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा बालबालिकाको प्रयोग भएको भन्दै आपत्ति जनाएको छ ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनका क्रममा प्रदेश नं २ को स्थलगतरुपमा सूक्ष्म अध्ययन गरिरहेको जानकारी दिँदै आयोगले मानव अधिकारको सुनिश्चितता गर्नु आयोगको कर्तव्य रहेको भन्दै राजनीतिक क्रियाकलापमा बालबालिकाको प्रयोग नगर्न आग्रहसमेत गरेको छ ।

आयोगको अनुगमन कार्यमा अवरोध सिर्जना नगर्न तथा निर्वाधरुपमा सहयोग पु¥याउन सम्बन्धित सबैमा समेत आयोगले अनुरोध गरेको छ ।

आयोगकी प्रवक्ता मोहना अन्सारीले एक विज्ञप्तिमार्फत प्रदेश नं २ का आठवटै जिल्लामा आयोगका सदस्य, सचिवसहितको उच्चस्तरीय टोली अनुगमनका लागि परिचालित भएको जानकारी दिईन ।

प्रतिनिधिमण्डलले राजनीतिक दलले शान्तिपूर्वक भेला गर्न तथा विचार अभिव्यक्त गर्न पाए÷नपाएको, बालबालिकाको प्रयोग भए÷नभएको लगायतका विषयमा समेत अनुगमन गरिरहेको छ । रासस