काठमाडौँ २ पुस । दुर्लभ बन्यजन्तु सालकको खपडा बेचबिखन गर्न हिँडिरहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८०।०८।२९ गते काठमाडौँ महानगरपालिका वडा नं.३२ पेप्सीकोलाबाट तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला दोलखा गौरीशंकर गाउँपालिका वडा नं. -१ घर भएका २० वर्षीय अमृत लामा, जिल्ला दोलखा जिरी नगरपालिका वडा नं.-३का २५ वर्षीय बिशाल बस्नेत र जिल्ला दोलखा जिरी नगरपालिका वडा नं. -४ का २७ वर्षीय सुकविर तामाङ रहेका छन् ।
प्रहरीले चेक जाँच गर्ने क्रममा ४४ ईन्च लम्बाई, २१ ईन्च चौडाई रहेको खुट्टाको नंग्रा सहितको सालकको खपडा/छाला जस्तो देखिने बस्तुसहित तीन जनालाई पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारबाहीको लागि डिभिजन बन कार्यालय, हात्तिसार पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।





