🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तातोपानी नाका जोड्ने लार्चाको बेलिवृजको काम सुस्त

चौतारा ३० भदौ । सिन्धुपाल्चोकको तातोपानी नाका जोड्ने लार्चाको पक्की पुल पहिरोले भाच्चिएपछि बन्दै गरेको बेलिवृजको काममा सुस्तता आएको छ ।

बेलिवृजको जग बनाउने (फाउन्डेशन) भागमा ठूलो चट्टान देखा परेकाले त्यसलाई हटाउन धेरै समय लागेको हुँदा तीव्र गतिमा हुनुपर्ने काममा ढिलाइ हुनगएको हो ।

मेसिनरी औजार प्रयोग गर्दा पनि चट्टान फुटाउन नसकी मानवीय शक्तिकै भरमा चट्टान फुटाएर जग तयार गर्न समय लागेकाले पुलको काम सम्पन्न गर्न तिहारपछि मात्र सम्भव हुने डिभिजन सडक कार्यालय दोलखाका डिभिजनल ईन्जिनियर अशोक तिवारीले बताए ।

गएको साउन ८ गते बेलुका अविरल वर्षासँगै माथिबाट खसेको ढिस्कोले भोटेकोशी गाउँपालिकाको फुल्पिङकट्टीस्थित भोटेकोशीको पक्की पुल भाँच्चिएपछि तातोपानीसँगको सम्पर्क विच्छेद भएको थियो ।

७० मिटर लामो पक्की पुल बगाएपछि तातोपानी क्षेत्रका बासिन्दालाई पाँच घण्टाको जोखिमपूर्ण पैदलयात्रा गरेर छिमेकी वडा फुल्पिङकट्टी आवतजावत गर्नु परेको थियो ।

एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सडक विभागले साउन १८ गते बेलिवृजका सबै सामान योजनास्थलमा पु¥याएको थियो । तर काममा ढिलाइ भएकाकारण नै त्यस क्षेत्रका बासिन्दालाई पुल तयार भई सवारी साधनबाट तातोपानी ,बाह्रबिसे काठमाडौँ र काठमाडाँै– तातोपानी आवतजावत गर्न अझै ६ महिना पर्खनुपर्ने अवस्था छ । रासस