🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानमन्त्री कार्यालयमै यस्तो बेथिति : सम्पत्तिका डीजीलाई फाल्ने तयारी ? 

काठमाडौं । मुलुकमा सुशासन, शान्ति सुव्यवस्था र विकास निर्माणको नेतृत्व लिनुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमै बेथितिहरू थुप्रिदै गएका छन । यस्ता बेथितिलाई हटाउन प्रधानमन्त्री कार्यालयका सचिव, मुख्यसचिव र प्रधानमन्त्रीसमेतले पहल नगरेको गुनासो छ । ०८० मंसिर १० गते आइतबार सरकारले ७१ जना सहसचिवको एकैपटक सरूवा गरेको थियो । उक्त कार्यालयबाट सहसचिव प्रधुन्न प्रसाद उपाध्यायको लगानी बोर्डको कार्यालयमा सरूवा गरिएको थियो ।

उपाध्यायको सरुवा भएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतमा तीनजना सहसचिवहरूको दरबन्दी रिक्त भएको थियो । तरपनि चार जना सहसचिवलाई भित्र्याएर बेथिति भित्र्याउने काम गरिएको स्रोतले बताएको छ । दुई हप्ता अगाडि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरूवा गरिएका सहसचिव ढुण्डीप्रसाद निरौला अर्थ मन्त्रालयअन्तर्गतको मध्यमस्तरीय करदाता कार्यालयबाट सरुवा भएर आएका हुन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको सहकारी विभागको रजिस्ट्रार रहेका नमराज घिमिरेको पनि अनावश्यक रुपमा प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

राष्ट्रिय योजना आयोगबाट सहसचिव किरण रूपाखेती र बाँकेको प्रमुख जिल्ला अधिकारीबाट गृह मन्त्रालय तानिएर कुर्सी नपाइ बरण्डामा थन्क्याइएका सहसचिव विपिन आचार्यलाई पनि प्रधानमन्त्री कार्यालयमा भित्र्याइएको छ । यी मध्ये प्रधानमन्त्री कार्यालयमा सहसचिव उपाध्याय कार्यरत रहेको महाशाखा मात्र रिक्त रहेको छ । बाँकी दुई सहसचिवहरूलाई एकजनालाई राजस्व अनुसन्धान विभागको उपमहानिर्देशक र अर्का सहसचिवसम्पत्ति शुद्धीकरण अनुसन्धानको उपमहानिर्देशकमा खटाउने तयारी गरिएको स्रोत बताउछ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक पुष्प बहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनअनुसार काम नगरेको स्रोतले दावी गरेको छ । भाटभटेनी सुपरमार्केटका संचालन मीनबहादुर गुरूङ र हेटौंडाका व्यवसायी अजेय सुमार्गी पराजुलीलाई अकुत सम्पत्ति र कालो धन आर्जन गरेको आरोपमा अनुसन्धान गर्न महानिर्देशक शाहीलाई निर्देशन दिएको स्रोत बताउँछ । तर, उनले आँट गर्न नसकेको आरोप लगाएर सहसचिव ढुण्डी प्रसाद निरौलालाई खटाउनका लागि प्रधानमन्त्री कार्यालयमा सरूवा गरिएको हुनसक्ने अनुमान कर्मचारी स्रोतले गरेको छ ।

सहसचिव निरौलाले पनि सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशक ताकेको स्रोतले दावी गरेको छ । सहसचिव नमराज घिमिरे राजस्व अनुसन्धान विभागको उपमहानिर्देशक र विपिन आचार्यलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको उपमहानिर्देशक हुने र सहसचिव किरण रूपाखेतीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा नै राख्ने चर्चा चलिरहेको बताइन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक शाहीलाई छिटै सरूवा गर्ने तयारी गरिएको चर्चा  छ ।

महानिर्देशक शाहीले प्रधानमन्त्री प्रचण्डको अनावश्यक दबाब झेलेर काम गर्न नसक्ने गुनासो गर्दै हिंडेको स्रोत बताएको छ । यही कारण उनलाई हटाईने तयारी भएसँगै सहसचिव निरौलालाई खटाउने गरी अर्थबाट प्रधानमन्त्री कार्यालय भित्र्याइएको चर्चा सिंहदरवारमा चल्ने गरेको छ । सहसचिव निरौलालाई महालेखा नियन्त्रक कार्यालयको सहलेखा नियन्त्रक बनाउने चर्चा चलेपनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट अर्थ मन्त्रालयमा सरूवा गरिएकी सहसचिव पार्वती शर्मालाई खटाउने तयारी भइरहेको अर्थ मन्त्रालय स्रोत बताउछ । (साँघु साप्ताहिक, २०८० मंसिर २५)